टर्कीका भूकम्पपीडितलाई सरकारले पठायो २२ टन अत्यावश्यक राहत सामग्री

टर्कीका भूकम्पपीडितलाई सरकारले पठायो २२ टन अत्यावश्यक राहत सामग्री


सरकारले विनाशकारी भूकम्पबाट प्रभावित टर्की र सिरियामा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को निर्णयअनुसार भूकम्पबाट प्रभावित टर्कीको उद्धार, राहत र पुनःस्थापनाका लागि पहिलो खेपमा २२ टनभन्दा बढी अत्यावश्यक राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट पठाइएको राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । टर्कीमा अहिले धेरै जाडो र हिमपात रहेकाले भूकम्प प्रभावितलाई न्यानो कपडा पठाइएको हो। 

गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ । टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन् ।

मन्त्रालयको विज्ञप्ति-

Skip This
Logo