प्रहरीले तोड्यो चितवनका क्याम्पसमा लगाइएको ताला

प्रहरीले तोड्यो चितवनका क्याम्पसमा लगाइएको ताला


स्ववियू निर्वाचन नै अवरोध हुनेगरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले तोडेको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरुमा लगाइएको ताला तोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला तोडको हो ।

चितवन प्रहरीका  डीएसपी तथा प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ ।

जसअनुसार भरतपुरका सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका छन । चितवनका अन्य क्याम्पसहरुको पनि ताला तोडेर स्ववियु निर्वाचनलाई सहज बनाउने कार्य गरिएको पण्डितले बताए । 

जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनहरुलाई समेत ताला तोडर निर्वाचन प्रक्रिया सहज बनउन अनुरोध गरेको छ ।

 

Skip This
Logo