हुम्लाबाट १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिँदै

हुम्लाबाट १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिँदै


आउँदो चैत १७ गतेबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा हुम्लाका ६ वटा परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

कोरोना महामारीपछि जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै फर्किएर पढ्न थालेपछि परीक्षार्थीको संख्या बढी भएको हो ।  जिल्लाका ६ वटा परीक्षा केन्द्र सिमकोट गाउँपालिकामा  २ केन्द्र  तोकीएका छन् ।

बालमन्दिर माविमा २ सय ५६ जना र मानसरोवर माविमा १ सय ८० जना परीक्षार्थी सहभागी हुनेछन् भने सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २ सय ५३ जना र कोटमावि रोडिकोटमा १ सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १ सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २ सय ४० जना परीक्षार्थी गरी जिल्लाभरिबाट बाट १ हजार २ सय ३४ जना परीक्षार्थीको सहभागिता रहने छ ।हुम्लाबाट ६ सय ६० जना छात्र र ५ सय ७४ जना छात्राले एसईई परीक्षा दिँदैछन् । 

Skip This
Logo