भ्रष्टाचार देशकै ठूलो समस्या हो: माधव नेपाल

भ्रष्टाचार देशकै ठूलो समस्या हो: माधव नेपाल


नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भ्रष्टाचार नै देशको ठूलो समस्या रहेको टिप्पणी गरेका छन्।शनिवार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसँग उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले भने‘मधेश होस कि पहाड,पूर्व होस कि पश्चिम सबैभन्दा ठूलो समस्या अहिले भ्रष्टाचार नै छ, अनि भ्रष्टचारीले कुनै जात पनि जान्दैन क्षेत्र पनि जान्दैन। मान्छे बेचखिन जस्ता अपराध यहाँ भइरहेको छ।’

राष्ट्रिय स्तरको समस्याहरुलाई केलाउँदै शुसासनको सन्दर्भमा सरकारले थालेको पहल उचित रहेको उनले बताए। रेशम चौधरीलाई रिहा गर्नु पर्नेमा सबै एक मत नै रहेको भए पनि अदालतको निर्णय गरिसकेपछि अन्य उपायबारे सोंच्नु पर्ने आवश्यकता रहेको बताए।

उनले भने,‘रेशम चौधरीजीलाई अदालतले निर्दोष साबित गर्छ कि भन्ने लागिरहेको थियो,किनकी उहाँ त घटनामा संलग्न हुनुहुन्न तर अदालतको फैसलालाई सम्मान गर्नु पर्छ र उहाँले आफैँ पनि यो कुरो भन्नुभएको छ।’ गठबन्धनको सरकारले समाजमा व्याप्त विभिन्न समस्याका विषयलाई सम्बोधन गर्ने प्रयास सुरु गरेको उनले दाबी गरे।

Logo