रवि लामिछानेकाे टिप्पणी- शरणार्थी प्रकरणमा तीन पार्टीको खासखुसले देशभर गन्ध फैलियाे

रवि लामिछानेकाे टिप्पणी- शरणार्थी प्रकरणमा तीन पार्टीको खासखुसले देशभर गन्ध फैलियाे


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न आफूले मुटु नकमाउने बताएका प्रधानमन्त्री दाहालको मुटु काम्न थालेको आफूलाई महसुस भएको बताएका हुन् । भ्रष्टाचारको विषयमा आफ्नो पार्टी निर्मम रहेको भन्दै उनले न्यायालय र सेनामाथिको भ्रष्टाचारको विषयमा बोल्नै मान्छे डराउने गरेकोसमेत बताए । 

उनले भने, ‘प्रधानमन्त्रीजी तपाईले मुटु कमाउँदिनँ भन्नुभएको छ । अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ । जस्ता जस्ता मानिसहरुको नामहरु आउँदैछ । एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला । तीन पार्टी  बसेर तपाईंहरूले खासखुस गर्नुभयो । त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। रोक्नुस् । अपराध अनुसन्धानमा प्रोफाइलले हुँदैन फाइल हुन्छ,। काले काले मिलेर खाउँ भाले भएको हो कि! यसो हो भने जनताले सहेर बस्दैन ।’

Logo