1
0
Shares

चिकित्सा शिक्षा संघर्ष समितिको ७२ घण्टे अल्टिमेटम

1
1
1

काठमाडौं ।

चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजले यसै वर्षदेखि ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा ल्याउन माग गरेको छ । संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै काठमाडौं विश्वविद्यालय, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, देवदह मेडिकल कलेजमा छात्रवृत्ति कार्यान्वयन गराउन माग गरेको हो ।

यस्तै, एमबीबीएस, बीडीएस लगायतको भर्ना प्रक्रिया यथाशीघ्र अघि बढाउन समितिले आग्रह गरेको छ । एमबीबीएस, बीडीएसको इन्टर्न सीपपछि अनिवार्य रूपमा एक वर्ष काम गरेपछि मात्रै पोस्ट ग्राजुएट गर्न पाउने प्रावधान हटाउन माग गरिएको समिति प्रवक्ता सुजन कडरियाले बताए ।

यस्तै, समितीले एमबीबीएस, बीडीएस, नर्सिङलगायतमा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई माग गरेको छ । ७२ घण्टाभित्र माग सम्बोधन नगरिए संघर्षका कार्यक्रम सार्वजनिक गरिने चिकित्सा शिक्षा संघर्ष समितिले चेतावनी दिएको छ ।
राजधानीबाट

प्रकाशित: २५ पुष २०७६ ०८:४८ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी