धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार १९ असारमा रोक्का हुने

धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार १९ असारमा रोक्का हुने


मर्जरमा गएका धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १९ असारमा रोक्का हुने भएको छ । यी दुई लघुवित्तले मर्जर सम्पन्न गरी असार २० गतेदेखि एकीकृत कारोबार गर्दैछन् । 

यसका लागि असार १९ गते सेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै नेप्सेलाई पत्र लेखेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै कम्पनीको गत चैत ६ गते सम्पन्न विशेष साधारण सभाले पनि मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । मर्जर पश्चात धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

Logo