कोशीका मुख्यमन्त्री नियुक्तविरुद्धको रिट आज पनि हेर्न भ्याएन सर्वोच्चले

कोशीका मुख्यमन्त्री नियुक्तविरुद्धको रिट आज पनि हेर्न भ्याएन सर्वोच्चले


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन आज पनि हेर्न नभ्याइनेमा परेको छ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा क्रमसंख्या ‘भ’ मा रहेको उक्त मुद्दा समय अभावका कारण हेर्न नभ्याइने भएको हो। उक्त रिटमाथिको सुनुवाइ आइतबार पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । 

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशसमेत माग गरेका छन्। 

Logo