1
0
Shares

'दुई वर्ष यताको नतिजामा सर्वोत्कृष्ट छ पिनाकल कलेज' : ऋषी तिवारी (प्रिन्सिपल)

1
1
1

काठमाडौं ।
काठमाडौं उपत्यकाको मुटुमा रहेको पिनाकल कलेज विगत दुई वर्षदेखि मुलुककै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कलेज बनेको छ । पिनाकल कलेजले विगत २२ वर्षदेखि विद्यार्थीहरुलाई आधुनिक प्रविधिसहितको गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ ।

यति बेला विश्व नै कोरोना भाइरस महामारीको चपेटामा परेको छ । नेपाल पनि महामारीबाट अछुतो रहेको छैन । कोरोनाले मानिसहरुको दैनिक जनजीवनदेखि सामाजिक तथा शैक्षिक वातावरणमा प्रभावित भएको छ । तर पिनाकल कलेज यो विषम परिस्थितीलाई अवसरमा परिर्वतन गर्दै आधुनिक प्रविधिमा विद्यार्थीहरुलाई अध्ययन अध्यापन गर्न तयार रहेको छ ।

पिनाकल एकेडेमी कलेज पाटन अस्पताल र लगनखेल बस पार्कको नजिक अवस्थित छ । पिनाकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले स्थापनाको शुरूदेखि नै धेरै पटक उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । यस कलेजले समाजका परिवर्तनकारी आवश्यकताहरू र विद्यार्थीहरूको आवश्यकताहरूको आधारमा आधुनिक सिपको विकास गराउँदै नेपालको उच्च श्रेणीको कलेजहरु मध्ये एक नम्बरमा नाम राख्न सफल भएको छ ।

बजारमा एकातिर दक्ष जनशक्तिको अभाव छ, अर्कातिर बेरोजगारको संख्या पनि बढ्दो छ । यिनै समस्याको समाधानका लागि पिनाकल कलेजले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

विद्यार्थीलाई शिक्षासँगै बजारको आवश्यकता अनुसारको सीप प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा अग्रसर यस कलेजले आफ्ना विद्यार्थीहरुको उज्जवल भविष्यको आधार निर्माण गर्दै आएको छ । यस कलेजको विगत २२ वर्षदेखिको नतिजा र पूर्व विद्यार्थीहरुको सफलताले नै यो कुरा प्रमाणित हुदै आएको छ । यसै विषयका रहेर पिनाकल कलेजका प्रिन्सिपल ऋषी तिवारीसँग केन्द्रबिन्दुले गरेको छोटो कुराकानी :

पिनाकल कलेजको विषयमा बताइदिनुस् ?

पिनाकल कलेज वि.सं. २०५४ सालमा स्थापना भएको हो । पिनाकल कलेज नेपालमा व्यवहारिक तथा आधुनिक प्रविधिको गुणस्तरीय शिक्षा विद्यार्थीहरुलाई अध्यापन गराउने उदेश्यले स्थापना गरिएको हो । स्थापना हुँदा सुरुमा व्यवस्थापन र विज्ञान संकायमा मात्रै पढाइ सुरु गरिएको थियो । तर स्थापना भएको दुई वर्ष पछि पुनः मानविकि संकाय पनि थप गरेर अध्ययन अध्यापन सुरु भएको थियो । अहिले पिनाकल स्थापना भएको २२ वर्ष पूरा भएको छ । कलेजले यो २२ वर्षको अवधिमा अन्य धेरै संकाय तथा यसका कार्यक्रमहरु थप गरिएको छ । पिनाकलले मन्टेश्वरीदेखि कक्षा १० सम्म स्कुल पनि सञ्चालन गर्दै आएको छ ।

विगत दुई वर्ष यता कक्षा ११ र १२ को शैक्षिक परिणामले मुलुकभरमै पिनाकल सर्वोत्कृष्ट शैक्षिक संस्था हो भन्ने पुष्टि गरेको छ । हामी विद्यार्थीलाई शिक्षा मात्र प्रदान गर्दैनौं व्यवहारमुखि सीप पनि सिकाउँछौं । त्यसैले गर्दा शिक्षा सँग सँगै सीप भन्ने पिनाकलको मुल मन्त्र हो ।

शिक्षा र सीप सँग सँगै लैजानु पिनाकल कलेजको मूख्य विशेषता हो ।

कलेजले कक्षा ११ र १२ मा नेपालमा अध्यापन गराउने सम्पूर्ण संकायका विषयहरु पढाइ हुने गरेको छ । जस्तो कि व्यवस्थापन संकायमा कम्प्युटर, विजनेश, होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजम विषय पनि पढाइ भइरहेको छ । त्यस्तै, यहाँ विज्ञान संकाय फिजिकल बाइलोजी विषयहरु पढाइ हुने गरेको छ भने मानविकी संकायमा आम संचार, मनोविज्ञान, मेजर अंगेजी पढाइ हुने गरेको छ । यसरी मानविकि संकायका विषय अध्ययन गर्ने विद्यार्थीहरुले अध्ययन पश्चात विभिन्न एनजिओ तथा आइएनजीओहरुमा सजिलै रोजगारी पाउने गरेका छन् । त्यस्तै, अन्य सामाजिक क्षेत्रमा पनि सहभागिता रहने गरेको छ ।

पिनाकल कलेजले यसरी विद्यार्थीहरुको रोजाइका विषयहरुमा एउटै छानामुनि पढाउने वातावरण बनाइ रहेको छ भने अहिले पछिल्लो समय अझ लोकप्रिय बन्दै गएको कानुनी संकायको विषय पनि गत वर्षदेखि थप गरिएको छ । यो विषय त्रिभुवन युनिर्भसिटीबाट सञ्चाल गरेरको ल क्यामपसले विद्यार्थीहरु थाम्न नसक्ने अवस्था रहेको छ । त्यसैले पनि पिनाकलले यो विषय पनि थप गरेर अध्यापन गराउन सुरु गरेको छ ।

सिटीइभिटीबाट स्वीकृत लिएर विगत १५ वर्षदेखि टेक्निकल फार्मेसीको कक्षा पनि सञ्चालन गरिरहेको छ । त्यस्तै, त्रिभुवन युनिर्भसिटीबाट स्वीकृत लिएर बिबिएस, बिएसी माइक्रो बायोलोजी विषय पनि पढाइ भइरहेको छ । गत वर्षबाट थप बिबिएम विषय पनि पढाइ सुरु भएको छ ।

एसईई दिएर बसेका विद्यार्थीहरुले पिनाकल कलेजलाई नै किन रोज्ने ?

नेपालमा धेरै कलेजहरु रहेका छन् । तर कुनै पनि कलेज राम्रो नराम्रो भनेर छुट्याउने काम विद्यार्थी र अभिभावकको विषय हो । तर मेरो शैक्षिक क्षेत्रको ३० वर्षको अनुभवको आधारमा एसईई दिएका विद्यार्थी भाइबहिनीहरुलाई केही सुझाव दिंदा विद्यार्थीहरुलाई नै फाइदा हुनेछ ।

अहिले सबै कलेजमा पढाइ हुने विषय एउटै हो । पास भएको सर्टिफिकेट दिने संस्था पनि एउटै हो । फरक के मात्रै हो भने कलेजको शैक्षिक तथा भौतिक वातावरण कस्तो भनेर हेर्ने हो । पढ्न आउने विद्यार्थीले विभिन्न उद्देश्य लिएर आउने गर्दछन् । जुन उद्देश्य लिएर आए पनि विद्यार्थीहरुले विज्ञान विषय पढेर डाक्टर कि त इन्जिनीयरिङ पढ्ने हो । तर त्यो विद्यार्थीहरुले दुवै विषयमा पढ्न सक्दैनन् । त्यसैले विद्यार्थीहरुले शिक्षण सिकाइको यात्रामा कस्तो छ त्यस अनुसार विषय छनोट गरेर कलेज तथा विषय छनोट गरेर अध्ययन गर्नु पर्ने हुन्छ ।

कतिपय विद्यार्थीहरुलाई इन्जिनीयरिङ पढ्ने इच्छा भए पनि उसको आर्थिक अवस्थाले नपुग्ने हुन्छ । त्यसका लागि कलेजले छात्रवृत्तिको व्यवस्था गर्नु पर्ने हुन्छ । त्यसका लागि कलेजले कक्षा ११ र १२ मा अध्यापन गराउँदा इन्ट्रान्सका लागि पनि फोकस गरेर पढाउनु पर्ने हुन्छ । त्यसले गर्दा विद्यार्थीले इन्ट्रान्समा राम्रो जिपिए ल्याउँछ र उसले चाहेको विषय पनि पढ्न पाउँछ । त्यसैले यसरी विद्यार्थी केन्द्रित भएर सबै विषयमा अध्यापन गराइ रहेका छौं ।

साथै, विभिन्न विषयका विज्ञहरुद्वारा संचालित यस कलेजको सर्वाेत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक संरचना, शिक्षामैत्री वातावरण, व्यवहारिक शिक्षा, दक्ष अनुभवी तथा पाठ्यपुस्तक लेखनमा सक्रिय शिक्षक शिक्षिकाहरु नै मुख्य विशेषता हुन् । उत्कृष्ट नतिजासहितको सर्टिफिकेट र सर्टिफिकेट अनुरुपको व्यवहारिक सीप हासिल गर्नका लागि उत्तम गन्तव्य बनेकाले पिनाकल कलेज उत्तम विकल्प बन्ने गरेको छ ।

व्यवस्थापन पक्ष कस्तो छ ?

स्थापना हुँदा ४५ जना विद्यार्थीबाट पाइला चालेको यस कलेजले हाल आफ्नै दुईवटा भवनमा १५ सयभन्दा बढी विद्यार्थी अध्यापन गराउँदै आएको छ । शिक्षण पेशामा दक्ष तथा अनुभवी शिक्षकहरुको सहकार्यमा स्थापित यस कलेजले विद्यार्थीको उज्जवल भविष्यलाई प्राथमिकता दिँदै आएको छ । कलेजले खेलकुदमा रुची राख्ने विद्यार्थीहरुलाई खेलकुदमा पनि सहभागी गराउने गर्दछ । यस कलेजले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था समेत गरेको छ ।

यहाँको व्यवस्थापन राम्रो भएकाले कलेजमा किताबी ज्ञानलाई मात्र ध्यानमा नराखी व्यवहारिक शिक्षामा पनि जोड दिने गरिन्छ । त्यसैले कलेजमा प्रयोगात्मक अभ्यासका लागि प्रयोगात्मक ल्याब छ । यस्तै कलेजले वैदेशिक रोजगारीका लागि विदेश जान चाहने विद्यार्थीलाई तालिम दिनका लागि तालिम केन्द्रको पनि स्थापना गरेको छ । यसरी यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु वैंक तथा वित्तीय संस्था, कलाकारिता लगायत विभिन्न क्षेत्रका सम्मानित पदमा सफल भएका छन् । यो नै व्यवस्थापनको राम्रो पक्ष रहेको परिणाम हो ।

कलेजले वैदेशिक रोजगारीका लागि विदेश जान चाहने विद्यार्थीलाई तालिम दिनका लागि तालिम केन्द्रको पनि स्थापना गरेको छ ।

नतिजाको आधारमा नेपालको सर्वोत्कृष्ट कलेज कसरी भयो ? यसका आधारहरु बताइदिनुस न ?

कलेजहरुको भीडमा वेष्ट कलेज बन्ने क्रममा रहेको पिनाकलले थुप्रै सर्वोत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिसकेको छ । राष्टिय परीक्षा वोर्ड र त्रिभुवन विश्व विद्यालयबाट लिइने परीक्षामा यहाँका विद्यार्थीहरुले सर्वाेत्कृष्ट नतिजा हासिल गर्नुले नै कलेजको महत्व र प्रभावकारिता छर्लङ्ग हुन्छ ।

पिनाकलले थुप्रै सर्वोत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिसकेको छ । राष्टिय परीक्षा वोर्ड र त्रिभुवन विश्व विद्यालयबाट लिइने परीक्षामा यहाँका विद्यार्थीहरुले सर्वाेत्कृष्ट नतिजा हासिल गर्नुले नै कलेजको महत्व र प्रभावकारीता छर्लङ्ग हुन्छ ।

निरन्तर उत्कृष्ट नतिजा हासिल गरेर आफ्नो बेग्लै पहिचान बनाउन सफल यस कलेजको क्रेज बढ्नुमा यहाँ अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सफलता पनि एक हो । विद्यार्थीको समय र भविष्यलाई मध्यनजर गर्दै यस कलेजले शैक्षिक क्यालेण्डर नै व्यवस्था गरि विषयविज्ञहरुबाट हरेक हप्ता इन्ट्रान्स क्लास संचालन गर्दै आएको छ । जसले एमबिबिएस र इन्जिनियरिङको इन्ट्रान्समा नाम निकाल्ने मात्रै होइन नियमित कोर्ष पनि रहेको छ ।

पाठ्यपुस्तकको अध्ययनलाई प्रभावकारी र व्यवहारिक बनाउन यस कलेजले हरेक विषयमा प्रयोगात्मक अभ्यासको व्यवस्था गरेको छ । जसको परिणामस्वरुप यहाँका विद्यार्थीहरुले विभिन्न प्रतिष्ठित एनजिओ, आइएनजिओ, बैंक लगायतका संंघ संस्थाहरुमा रोजगारी पाएका छन् त्यसले पनि अरु भन्दा अब्वल तथा उत्कृष्ट रहेको छ । यस कलेजमा पढेका विद्यार्थीको सफलता नै उत्कृष्टताको आधार रहेको छ ।

शिक्षण सिकाइ भन्दा अरु अतिरिक्त क्रियाकलाप कस्तो छ ?

पिनाकल कलेज शिक्षण सिकाइ भन्दा अन्य अतिरिक्त क्रियाकलापमा पनि अग्रस्थानमा रहेको छ । पिनाकलले फुटबल र विशेष गरी एथलेटिक्समा विभिन्न खेल गतिविधिहरू प्रदान गर्दै आएको छ । कलेजले बास्केटबल, टेनिस र ब्याडमिन्टन नियमितरुपमा आयोजना गर्दै विद्यार्थीहरूलाई उनीहरूको विशिष्ट प्रतिभाको कदर गरेर शैक्षिक बर्ष भर विभिन्न कार्यक्रमहरू सुरू गरेर प्रोत्साहित गर्दै आएको छ । यसले गर्दा विद्यार्थीहरुले अध्ययन पश्चात विभिन्न खेलकुद क्षेत्रमा सफलता हात पार्न सहयोग पुग्ने गरेको छ ।

अतिरिक्त क्रियाकलापको सफलतासँगै पिनाकल कलेज नवीन शिक्षाको मोहरा बन्दै गएको छ । कलेजको शिक्षण सिकाइ मात्रै नभएर अतिरिक्त क्रियाकलापलाई समेतसँगै अगाडि बढाएकाले यस किसिमको अध्ययन अध्यापन पद्धतीले विद्यार्थीहरूको बौद्धिक वृद्धिको आवश्यकतालाई परिपूर्ति गरेको छ । शिक्षा नै विकासको ईन्जिन भएकाले पिनाकल कलेज स्थापना कालदेखि लगातार विद्यार्थीहरूको मनोवैज्ञानिक मागहरू अनुरूप गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै व्यावसायिक प्रशिक्षण र प्राविधिक शिक्षा तथा शिक्षण पद्धति ग्लोबल टेक्नोलोजी अनुसार अध्ययन अध्यापन गराउँदै आएको छ ।

अतिरिक्त क्रियाकलापको सफलतासँगै पिनाकल कलेज नवीन शिक्षाको उदाहरण बनेकाे छ ।

कोभिड शुरु भएदेखि कसरी अगाडि बढ्नु भएको छ ?

कोरोनाको विषम परिस्थितिमा कलेजले विद्यार्थीहरुलाई अनलाइन कक्षाहरु सञ्चालन गर्दै आएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय वरिपरिदेखि यातायातमा समेत सेनिटाइज गरेर सामाजिक दूरी कायम हुने गरी कक्षाकोठाको व्यवस्थापन गरिनेछ । विद्यालय आएर लिने सिकाइ र अनलाइनबाट सिकाइमा कुनै पनि कमि रहेको छैन ।

प्रकाशित: १० असोज २०७७ १५:४२ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी