२० असार २०७९ सोमबार
1
1
1
1

‘हाइटेक टिचिङ’ गुणस्तरिय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम : मोर्गन इन्टरनेशनल कलेज (भिडियो)

1
1
1
1

काठमाडौं ।

सफल भविष्य सबैको सपना हो तर त्यो सपना पूरा गर्न सोही अनुसारको शिक्षा र शैक्षिक वातावरण अनिवार्य हुन्छ । के तपाईं पनि आफूले चाहेको पेशामा सफलता हासिल गर्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने त्यसका लागि आवश्यक शिक्षा र मार्गदर्शन प्रदान गर्न तम्तयार छ, मोर्गन इन्टरनेशनल कलेज ।

थुप्रै डाक्टर, पाइलट, नर्स, सिए, अधिवक्ता, अफिसर, पत्रकार, सफल व्यवसायी, वैज्ञानिक, राजनीतिज्ञ र अनुसन्धानकर्ताहरु उत्पादन गरिसकेको यस कलेजले तपाईंको सानैदेखिको सपना साकार पारी गन्तव्यमा पु¥याउन पुलको काम गर्नेछ ।

शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका शिक्षाविद् तथा सफल व्यवस्थापकहरुद्वारा संचालित यस कलेजले २१ औँ शताब्दीको प्रतिस्पर्धात्मक समयमा आफ्ना विद्यार्थीहरुलाई उत्कृष्ट साबित गर्न प्रयत्नरत छ । अनुशासित र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य लिएको यस कलेजले शतप्रतिशत रिजल्ट हासिल गर्दै आएको छ ।

उत्कृष्ट नतिजाका लागि उचित शैक्षिक वातावरणको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई हेक्का राख्दै यस कलेजले ‘हाइटेक टिचिङ’ पद्धती अपनाउँदै आएको छ । दक्ष तथा अनुभवि प्राध्यापक, विद्यार्थी केन्द्रीत शैक्षिक वातावरण, पावरप्वाइन्ट, वेब सर्फिङ, अडियो भिडियो, वर्कशप, सेमिनार, ग्रुप डिस्कसन इत्यादि माध्यमबाट यस कलेजले सरल, सहज र प्रभावकारी ढंगबाट गुणस्तर शिक्षा प्रदान गर्दै आइरहेको छ ।

अत्याधुनिक इन्फ्रास्ट्रचर, इयर कण्डिसनल क्लासरुम, सुविधा सम्पन्न विज्ञान, होटल म्यानेज्मेन्ट तथा कम्प्युटर ल्याव उपलब्ध यस कलेजमा विभिन्न खेलकुदका लागि स्ट्याडर्ड ग्राउण्ड, एक्सक्लुसिभ क्याफेटेरिया, रिफ्रेशमेन्टका लागि फ्रि वाइफाइ र मल्टीमिडिया सुविधा समेत उपलब्ध छ । घरकै झझल्को दिने गर्ल्स तथा ब्वाइज होस्टेल मात्रै होइन विद्यार्थीहरुको सुरक्षित आवतजावतका लागि यातायातको समेत राम्रो सुविधा छ ।

स्तरिय शिक्षासँगै विद्यार्थीमा अन्र्तनिहित प्रतिभालाई उजागर गराउने उर्वर थलोका रुपमा परिचित यस कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि एक्स्टा करिकुलर क्रियाकलापहरुमा पनि उत्तिकै जोड दिएको छ । जस अन्तर्गत विभिन्न खालका खेलकुद प्रतियोगितासँगै वर्कशप, सेमिनार, क्यारियर काउन्सेलिङ र क्रियटिभ राइटिङ जस्ता बौद्धिक प्रतियोगिताहरु पनि संचालन गर्दै आएको छ ।

जस्तोसुकै परिस्थितिमा पनि यस कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राख्दैन । कोभिड १९ रोकथामका लागि घोषित लकडाउनमा समेत मोर्गन इन्टरनेशनल कलेजले अनलाइन क्लासमार्फत नियमितरुपमामा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

हरेक विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर सफलताको ढोका खोलि दिने प्रतिबद्धताका साथ संचालित यस कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायको अध्ययन अध्यापन हुँदै आएको छ । ब्याचलर्स लेभलमा बिआइएम र बिबिएस कोर्स संचालन गर्दै आएको मोर्गन इन्टरनेशनल कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा विराटनगरमा बिबिए र बिएचएमको कोर्स समेत संचालन गर्दै आएको छ ।

यस कलेजले निकट भविष्यमै ए लेभल, एमबीए, इएमबिए, बिसिए, बिपिएच र बिएमएलटी लगायतका कोर्सहरु पनि संचालन गर्ने तयारी गरिरहेको छ । थुप्रै विधामा आकर्षक स्कलरशीप प्रदान गर्दै आइरहेको यस कलेजप्रति पछिल्लो समय आम विद्यार्थी तथा अभिभावकको क्रेज ह्वात्तै बढेको छ । यसको प्रमुख कारण भनेको उचित शैक्षिक वातावरणमा प्रदान गरिने सर्वाेत्कृष्ट नतिजा नै हुन् । विश्वस्तरीय शिक्षा स्वदेशमै उपलब्ध गराउने लक्ष्यसहित संचालित मोर्गन कलेज काठमाडौंको बसुन्धारामा अवस्थित छ ।

प्रकाशित: ११ असोज २०७७ १४:४७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी