११ असार २०७९ शनिबार
1
1
1
1

कुन-कुन हुन् काठमाडौंका उत्कृष्ट २० कलेज ? (भिडियोसहित)

1
1
1
1

काठमाडौं ।

उज्वल भविष्यका लागि उत्कृष्ट शिक्षा, अनि उत्कृष्ट शिक्षाका लागि उचित शैक्षिक वातावरणयुक्त शैक्षिक संस्था ।

हो, उज्वल भविष्य सुनिश्चत गर्न उपयुक्त शैक्षिक संस्था छनौट गर्नुपर्छ । तर, शैक्षिक संस्थाहरुबीचको यो तीव्र प्रतिस्पर्धात्मक युगमा उचित शैक्षिक संस्था छनौट गर्नु त्यति सहज र सरल पक्कै छैन ।

सफल जीवनका निम्ती आधारभुत तह मानिने कक्षा ११ र १२ मा विद्यार्थीले निर्वाह गर्ने भुमिकाले उसको भविष्य तय गरेको हुन्छ । विद्यार्थीको लक्ष्य अनुरुपको उपयुक्त शैक्षिक संस्था छनौट गर्न नसक्दा उसको भविष्य नै अन्यौल बन्न सक्छ ।

त्यसैले यो तहमा अध्ययन गर्नका लागि शैक्षिक संस्था छनौट गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसकारण उच्च शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नका लागि उपयुक्त शैक्षिक वातावरणसहितको शिक्षालय छनौट गर्न सघाउ पुगोस भन्ने हेतुले हामीले यो सामाग्री तयार पारेका छौं ।

हेरौं भिडियोमा :

यतिबेला विद्यार्थी र अभिभावकहरु उत्कृष्ट कलेजको छनौट गर्न कलेजको दैलो चहारिरहेका छन् । यो सामगीले अन्यौलमा रहेका विद्यार्थी र अभिभावकलाई थप स्पष्ट पार्न सहयोग मिल्नेछ ।

शैक्षिक संस्थाको शैक्षिक नतिजा, शैक्षिक वातावरण, शैक्षिक जनशक्ति, भौतिक पूर्वाधार, अध्यापन पद्धती, शैक्षिक सामग्री, पास आउट विद्यार्थीहरुको प्रगति विवरण, कलेजमा अध्यनरत विद्यार्थी तथा अभिभावकहरुको प्रतिक्रिया लगायतका आधारमा हामीले उत्कृष्ट २० शैक्षिक संस्थाहरुको सूचि तयार पारेका हौं ।

यी शिक्षण संस्थामा अध्ययन गर्दा मात्रै विद्यार्थीको भविष्य सफल हुन्छ भन्ने होइन यद्यपि यति चाहिँ ढुक्कले भन्न सकिन्छ, यी शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीले चाहेको उपयुक्त शैक्षिक वातावरण पाउने निश्चित छ ।

उच्च शिक्षामा निरन्तर उल्लेखनीय योगदान पु¥याएका तथा सक्षम र असल नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेका शैक्षिक संस्थाहरु यो सुचिमा समावेश छन् । जसलाई अंग्रेजी वर्णानुक्रम अनुसार क्रमशः प्रस्तुत गरिएको छ ।

 

 

प्रकाशित: १४ असोज २०७७ १२:५५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी