फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडीहरु

फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडीहरु


काठमाडौं ।

झन्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा लागि रहेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सिमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् ।

नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो सातादेखि बन्द प्रशिक्षणमा राखेर चरणवद्ध तरिकाले अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो । सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो भने चितवनमा भएको च्यारिटी खेलबाट खेलाडीको फिटनेस लेभल प्रस्ट पनि भएको थियो । सोही अवस्थालाई नियाल्दै नेपाली क्रिकेट टोलीका फिजियोले खेलाडीको फिटनेस लेभल विकासका लागि अहिले मिहिनेत गरिरहेका छन् ।

न्यौपानेलाई साथ दिन ट्रेनर अहिले नेपाली खेलाडीको साथमा छन् । त्यसो त केही खेलाडीले व्यक्तिगत रुपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समयदेखि मैदान ओर्लिन नपाएका खेलाडीलाई वृद्धि विकासका लागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिए ।

प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि क्यानले यस अघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिन यताको फिटनेसले खेलाडीमा सुधार आएको बताए।

यस्तै राष्ट्रिय टोली उपकप्तान दिपेन्द्रसिंह ऐरीले इन्जुरी विस्तारै रिकभर हुँदै आएको बताए। ऐरीले ओमानसँगको शृखंलालाई लक्षित गरेर टोलीले अभ्यास गरिरहेको बताए । उनलाई साथ दिँदै युवा ब्याट्सम्यान रोहित पौडेलले अभ्यासमा फर्किंदा खुसी लागेको प्रतिक्रिया दिए।

सन् २०१४ मा बंगालदेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रियस्तरमा उदीयमान देशको परिचय बनाएको नेपालले एक दिवसीय मान्यता पनि पाइसकेको छ । अहिलेको अवस्थामा तयारीलाई तीब्रता दिएको नेपालले ओमन, अमेरिका र नेपालसँगको त्रिकोणत्मक शृखंला सुखद बनाउन जुटिरहेको हो ।

Logo