गोलाप्रथा जित्नेले मात्र जापानिज भाषा परीक्षामा सहभागी हुन पाउने

गोलाप्रथा जित्नेले मात्र जापानिज भाषा परीक्षामा सहभागी हुन पाउने


काठमाडौं । नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत जापानले पहिलो चरणमा नर्सिङ केयर गिभरमा नेपाली कामदार लैजादैंछ ।

नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले एक हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने भएको छ ।

यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’ का आधारमा पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागी गर्ने बताएको थियो । तर, जापान फाउन्डेसनले त्यो नियम परिवर्तन गर्दै फर्म भर्नेहरूमध्ये गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने भएको हो।

जापान सरकारले एसएसडब्लु अन्तर्गतको सबै जिम्मेवारी जापान फाउन्डेसनलाई दिएको छ । भाषा परीक्षणमा सहभागी हुनेको नामावली गोलाप्रथाबाट छनोट गर्ने जापान फाउन्डेसनको वेबसाइटमा उल्लेख गरिएको छ ।

अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणको भाषा परीक्षा हुदैंछ । त्यसपछि नोभेम्बर ५ देखि ७ सम्म दोस्रो चरण र नोभेम्बर १२ देखि १४ सम्म तेस्रो चरणमा भाषा परीक्षण हुनेछ ।

Logo