भारतविरुद्ध पाकिस्तानको ६ एक्सन (भिडियो रिपोर्ट)

भारतविरुद्ध पाकिस्तानको ६ एक्सन (भिडियो रिपोर्ट)


जम्मुकश्मिर मुद्दालाई लिएर भारत र पाकिस्तानबीच विगत ७० वर्षदेखि कायम विवादले उग्र रूप लिने देखिएको छ ।

भारतले जम्मुकश्मिरलाई प्राप्त स्वायत्तता समाप्त पार्दै अनुच्छेद ३७० हटाएपछि दुई देशबीचको तनाव बढेको हो । अहिले कश्मिरको आधाजति भूभाग भारतसँग छ भने बाँकी पाकिस्तान र चीनसँग । अहिले भारतले नयाँ कदम चालिसकेको अवस्थामा कश्मिर मुद्दालाई भारतले आन्तरिक मामिला बताउने प्रयास गरेको छ ।

उता पाकिस्तान भने यसलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासमा छ । पाकिस्तानले भारतविरुद्ध भटाभट विभिन्न एक्सन लिँदै छ । प्रधानमन्त्री इमरान खानको अध्यक्षमा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँगको सम्बन्ध तोड्ने विभिन्न निर्णयहरू गरेको छ । प्रधानमन्त्री खानले मानवअधिकार उल्लंघनका सम्बन्धमा भारतविरुद्ध सबै कूटनीतिक सम्बन्धहरूको प्रयोग गर्न निर्देशन दिएका छन् ।

खानले सेनालाई सतर्क रहन पनि निर्देशन दिएका छन् । पाकिस्तानका दुवै सदनको संयुक्त सत्रमा बुधबार भारतीय कदमप्रति निन्दा गरिएको थियो भने सांसदहरूले विरोधस्वरूप कालोपट्टी बाँधेका थिए ।

पाकिस्तानले भारतविरुद्ध लिएका एक्सन यस्ता छन् 

Logo