भर्नाअघि जेभियर इन्टरनेसनल स्कुलकाे विद्यार्थी भिजिट कार्यक्रम सम्पन्न

भर्नाअघि जेभियर इन्टरनेसनल स्कुलकाे विद्यार्थी भिजिट कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
112
Shares

काठमाडाैंकाे चावहिलस्थित मैजुबहालमा रहेकाे जेभियर इन्टरनेसनल स्कुलमा आज कक्षा १ का विद्यार्थीहरुका लागि भिजिट कार्यक्रम सम्पन्न भएको छ । भिजिट कार्यक्रममा सहभागी विद्यार्थीहरुले खेल सामाग्रीहरुसँग खेल्न, स्टल बुथहरुमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागिता विद्यार्थीहरु आफ्नो अभिभावकहरुसँग आएर जेभियर इन्टरनेसनल स्कुलको समग्र व्यवस्थापनका बारेमा बुझ्ने, पढाउने शैली, पद्दती, अतिरिक्त क्रियाकलाकहरुका बारेमा जानकारी लिएका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने वस्तुहरु, इन्जिनियरिङ, आर्ट, मोटो रेस, रोबोट ब्याटल र ज्वालामुखी कसरी विस्फोट हुन्छ भनेर प्रत्यक्ष देख्न पाएका थिए । कार्यक्रममा उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बालबच्चा कस्तो वातावरणमा रमाउँछन् ? कस्तो कक्षा कोठा देख्दा उत्साहित हुन्छन् ? कसरी पढाउँदा बढी उत्सुक हुन्छन् ? कस्ता पठनसामग्रीमा आकर्षित हुन्छन् ? कसरी ज्ञान-विज्ञानले आफूलाई परिपक्व बनाउँछन् ? भन्ने सबै जिज्ञासाकाे समाधान दिने प्रयासस्वरुप जेभियर इन्टरनेसनल स्कुलले यसै शैक्षिक सत्रदेखि मैजुबहालमा आफ्नो भवन स्थानान्तरण गरेको हाे । यसअघि बौद्धमा रहेकाे थियाे ।

Logo