वेद इन्टरनेशनलले मंगलबार ‘युके एक्स्पो २०२४’ आयोजना गर्दै

वेद इन्टरनेशनलले मंगलबार ‘युके एक्स्पो २०२४’ आयोजना गर्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौंको बागबजारमा अवस्थित शैक्षिक परामर्शदाता संस्था वेद इन्टरनेशनलले ‘युके एक्स्पो २०२४’ आयोजना गर्ने भएको छ । वेदले यही फागुन २९ गते मंगलबार आफ्नै प्रांगणमा युके एक्स्पो आयोजना गर्न लागेको हो ।

युके जाने सोचमा बनाएका विद्यार्थीलाई परामर्श दिनका लागि एक्स्पोमा युकेका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले जानकारी दिए । आफ्ना जिज्ञासाहरू सीधै युनिभर्सिटीसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले विद्यार्थीहरुका लागि यस एक्स्पो महत्वपूर्ण अवसर भएको उनको भनाई छ ।

हाल वेदले आईईएलटीएस, पिटिई र टोफेल तयारी कक्षा संचालनसमेत गरेर विदेशी विश्वविद्यालय प्रवेशाज्ञाका लागि समेत सम्पूर्ण तयारी गराउँदै आएको छ । युकेमा यहाँबाट अप्लाई गर्नेमध्ये ९० प्रतिशत विद्यार्थीले भिसा प्राप्त गर्दै आएको वेदको दाबी छ ।

Logo