एसईईः शनिवारको प्रश्नपत्र बाहिरिएको छैन्, कसले फैलायो अफवाह ?

एसईईः शनिवारको प्रश्नपत्र बाहिरिएको छैन्, कसले फैलायो अफवाह ?


काठमाडौं । एसईई अन्र्तगत शनिवारको हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र बाहिरिएको हल्ला एकाएक भाईरल बन्यो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको मोबाइलमा एउटा म्यासेज आयो ।

जुन म्यासेज हेर्दा उनी चतिक परे । त्यसमा भोली हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्रको फोटो थियो । त्यसपछि उनले प्रश्नपत्र आउट भएको सबैलाई जानकारी गराए ।

सबैलाई त्यसलाई एकदमै ब्रेकिङ समाचार नै बनाए । उक्त समाचार बाहिरिएपछि विद्यार्थी तथा अभिभावकहरु समेत आक्रोशित भए । अन्ततः आउट भएको प्रश्नपत्र त गत वर्षको पो रहेछ । त्यसलाई गत वर्षको प्रश्नपत्रसँग रुजु गर्दा त्यस्तो पाईएको हो ।

प्रदेश नम्बर २ को शिक्षा विभागले एसईईको प्रश्नपत्र सुरक्षित रहेको प्रतिक्रिया दिएको छ । विभागका निर्देशक रामाकान्त शर्माले भोलि शनिवार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्न सुरक्षित रहेको बताए। ‘भोलि प्रश्नपत्र बाहिरिएको छैन्। सामाजिक सञ्जाल र केही मिडियाले अफवाह फैलाए’, शर्माले भने, ‘प्रश्नपत्रको शिलबन्दी भोलि विहान खोलिन्छ। निर्धारित प्रश्नपत्रमै परीक्षा हुन्छ।’

 

Skip This
Logo