युट्युब हेर्दै बच्चा जन्माउन खोज्दा…

युट्युब हेर्दै बच्चा जन्माउन खोज्दा…


उत्तरप्रदेशको एक अविवाहित गर्भवतीले युट्युब भिडियो हेरेर आफै डेलिभरी गर्ने कोसिस गरिन् । जसले गर्दा धेरै ब्लिडिङ भएर युवती र नवजात शिशुको मृत्यु भएको छ । घरबेटी र भाडामा बस्ने मानिसहरुले रगत देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठामा एक मोबाइल भेटेका थिए जसमा प्रसबको भिडियो चलिरहेको थियो ।

प्रहरीको अनुसार ति युवती बहराइचमा बस्थिन् । उनले चार दिन पहिले मात्र गोरखपुरको एक घरमा कोठा भाडामा लिएकी थिइन् । ति युवतीले केहि दिनपछि उनकीे आमा पनि आउने र त्यतिन्जेल सम्म उनी एक्लै बस्ने बताएकी थिइन् ।

अनुसन्धानकर्ताका अनुसार ति महिलाको परिवारले उनको गर्भपतन गराउन चाहन्थे । तर उनी राजी थिइनन् । समाजदेखिको डर र लाजले उनी केहि दिन अघि बहराइचबाट गोरखपुरमा आएर कोठा भाडामा लिएर बस्न थालेकी थिइन् ।

युवतीको कोठामा भेटेको मोबाइलबाट प्रहरीले उनको परिवारको नम्बर फेला पारेका थिए  परिवारजनलाई फोन गरेपछि उनी अविवाहित भएको थाहा पाए । प्रमाणहरु नष्ट नपारियोस भनेर प्रहरीले कोठालाई सिल गरि दिएको छ । युवतीको परिवारजनहरुबाट उजुरी दिने वित्तिकै उनको प्रेमीको विरुद्ध कारबाही गर्ने जनाएको छ । एजेन्सी

Logo