ब्रिटिस कलेजको दशौँ ग्राजुएसन समारोह सम्पन्न

ब्रिटिस कलेजको दशौँ ग्राजुएसन समारोह सम्पन्न

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)को दशौँ ग्राजुएसन समारोह सम्पन्न भएको छ । शुक्रबार हायत रिजेन्सी होटलमा विभिन्न अतिथि, विद्यार्थी र अभिभावक लगायतको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।

कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ३२१ जना विद्यार्थीहरू तथा ब्रिटिस मोडल कलेजमा ‘ए’ लेभल अध्ययन गरेका ४५ जना विद्यार्थीहरूे दुई सत्रमा दीक्षित भएका छन् ।

बिहानको सत्रमा बीबीए, एमबीए, बीएचएम र ईएमबीएका विद्यार्थीहरू दीक्षित भएका थिए भने दिउँसोको सत्रमा बीएससी (अनर्स) कम्प्युटिङ, एमएस्सी आईटी एडभान्स कम्प्युटर साइन्स र ‘ए’ लेभलका विद्यार्थीहरू दीक्षित भएका हुन् ।

कार्यक्रमको औपचारिक सुरुवात द कँडेल ग्रुपका अध्यक्ष उपेन्द्रराज शर्मा, कलेजका सीईओ तथा संस्थापक राजन कँडेल र सल्लाहकार माइकल रुटल्याण्ड (ओबीर्ई)ले पानसमा बत्ती बालेर गरेका थिए । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सले मन्तब्य दिएको थियो । सो मन्तब्य ब्रिटिस कलेजले हालै सञ्चालनमा ल्याएको बीएस्सी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रतिबिम्ब थियो । समारोहमा उपस्थितहरूले परम्परागत कुमारी नृत्यको आनन्द लिएका थिए ।

ग्राजुयसन समारोहमा कलेजका सीईओ तथा दूरदर्शी संस्थापक राजन कँडेलले स्वागत मन्तव्य राख्दै भने, ‘यो वर्ष हामीले ब्रिटिस कलेजको विश्वव्यापी प्रभावलाई साँच्चै उत्सवको रूपमा मनाइरहेका छौँ । हाम्रा पूर्व विद्यार्थीहरू अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत तथा गल्फ मार्केटमा सफल भएको देख्दा निकै खुसी लाग्छ । यो ग्लोबल लिडरहरु उत्पादन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । पछिल्ला वर्षहरुमा हामीले अन्तर्राष्ट्रिय प्लेसमेन्टको अवसरहरु पनि प्रदान गर्दै आइरहेका छौं । यो अवसरलाई हामीले विश्वभर रहेका हाम्रा नयाँ साझेदार संस्थाहरुसँग मिलेर विस्तार गरिरहेका छौं । साथै, विद्यार्थीहरुलाई अल्मुनाई कम्युनिटीमा स्वागत गर्दै थप अवसरहरु प्रदान गर्न हामी उत्सुक छौं ।’

समारोहमा विशिष्ट पाहुनाहरू, नेपालका लागि बेलायतका राजदूत रब फेन, उप–राजदूत लुक बिउमन्ट, कलेजका सल्लाहकार माइकल रुटल्याण्ड (ओ.बि.र्ई), लिड्स बेकेड युनिभर्सिटीका डेप्यूटी भाइस चान्सलर प्रोफेसर फिल कार्ड्यू, किल युनिभर्सिटीका कम्प्युटर विभाग प्रमुख प्रोफेसर डा. ड्यानियल रेडेनबाक, प्रोफेसर र्फगस लियन, यूडब्लुईका डेप्यूटी भाइस चान्सलर जो मिज्ली, तथा सह–प्रमुख कम्प्युटर साइन्स र क्रियटिभ टेक्नोलोजी विभाग (यूडब्लुई)की डा.मिक् पाल्मरले आफ्ना महत्वपूर्ण भनाइहरु राख्दै ग्राजुयटहरुलाई अल्मुनाई कम्युनिटीमा स्वागत गरे । कार्यक्रममा कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेन, हेड अफ डिपार्टमेन्टहरुले पनि ग्राजुयटहरुलाई बधाई ज्ञापन गरेका थिए । यस वर्षको ग्राजुयसन शैक्षिक उत्कृष्टता, अन्तरराष्ट्रिय सहकार्य र विद्यार्थीहरुको उज्वल भविष्यको प्रतीक रहेको ब्रिटिस कलेजको विश्वास छ ।

Logo