‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ अब बुधबार हुने

‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ अब बुधबार हुने

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा हुन लागेको ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ अब बुधबार हुने भएको छ ।

उक्त शैक्षिक मेला काठमाडौंको एभरेष्ट होटलमा आज हुने भनिएपनि काठमाडौं उपत्यकालगायत देशैभरी परेको अविरल वर्षाका कारण काबू बाहिरको परिस्थिती उब्जिएकोले अब यही असाेज १६ गते अर्थात् बुधबार गर्ने निर्णय भएको इक्यानका महासचिव दिपक राज भुसालले जानकारी दिए । निर्धारित मिति र स्थानमा बिहान ९ः३० बजेदेखि साँझ ५ बजेसम्म उक्त कार्यक्रम हुनेछ ।

इक्यानका अनुसार नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवं परामर्श सेवा प्रदान गर्ने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो ।

कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा हुन लागेको यो मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् ।

यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहनेछ । विद्यार्थीहरुले उनीहरुसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउने इक्यानको भनाई छ ।

विद्यार्थी, अभिभावक तथा सरोकार भएकाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Logo