चलचित्र ‘साइँली’ को गीत ‘प्याट प्याटे’ सार्वजनिक

चलचित्र ‘साइँली’ को गीत ‘प्याट प्याटे’ सार्वजनिक


चलचित्र ‘साइँली’ को दोस्रो गीत सार्वजनिक भएको छ । साइँलीको ‘प्याट प्याटे’ बोलको सार्वजनिक गरिएको हो ।

सुशान्त गौतमले स्वर तथा संगीत दिएको गीतमा हर्क साउदको शब्द रहेको छ । उक्त गीतमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंहलाई फिचरिङ गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइँली’ गायक हेमन्त राणाको ‘सुन साइँली’ बोलको गीतको नाम सापटी लिएर निर्माण गरिएको हो ।

जीएच ब्यानरमा बनेको यस चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिया सिंह, सुष्मा निरौला, अरुणा काकी, पुष्कर गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

शैलेन्द्र डि कार्कीले खिचेको चलचित्रमा निमेष श्रेष्ठ र किरण चामलिङ राईको सम्पादन रहेको छ । ‘साइँली’ आगामी चैत्र १५ गतेबाट देशभर प्रर्दशन हुँदैछ ।

Logo