इन्डियन रियालिटी शो मा धुम मच्चाउँदै नेपाली प्रितम र आयुष (भिडियोमा)

इन्डियन रियालिटी शो मा धुम मच्चाउँदै नेपाली प्रितम र आयुष (भिडियोमा)


पछिल्लो समय भारतीय रियालिटी शो हरुमा नेपालीहरुको उपस्थिति बाक्लिदैछ । डान्सिङ रियालिटी शो ‘डान्स इन्डिया डान्स’ को विजेता बनेर विश्व सामु चिनिएकी तेरिया मगर त्यसै मध्येको एक नाम हो ।

साजन राई, मेनुका पौडेल, सुजन मार्फा, सुसान्त खत्री, वाइल्ड रिर्पस लगायतका धेरैले भारतीय शो हरुको स्टेजमा आफ्नो जादु देखाइसकेका छन् । मेनुका पौडेलले ‘सारेगमप’ को टप ११ सम्मको यात्रा तय गरेकी थिइन् ।

उनीहरु विश्वसामु नेपालको नाम चिनाउन सफल भईन् । यसै पंक्तिमा थपिएको अर्को नाम हो, प्रितम आचार्य र आयुष केसी । भारतीय च्यानल जिटिभीबाट प्रशारित चर्चित सिङ्गिङ् शो ‘सारेगमप लिटल च्याम्स’ मा नेपालबाट आयुष र प्रितमले सहभागीता जनाएका छन् । उनीहरुको सहभागीता एउटा सहभागीतामा मात्रै सिमित छैन् । उनीहरुले सारेगमापमा तहल्का नै मच्चाएका छन् ।

१६ बर्ष भन्दा मुनीको बालबालिकाले भाग लिन पाउने उक्त शो को नयाँ एपिसोड फ्रेब्रुअरी ९ बाट सुरु भयो । इटहरी स्थायी घर भएका प्रितम र भक्तपुर बस्ने सिन्धुपाल्चोकका आयुष केसी टप ३० मा छनोट भएका छन् । प्रितम आचार्य टप ३० बाट टप १५ मा पुगेका छन् । विशेषगरी नेपाल र भारतमा दुई जनाको नाम निकै सुनिन थालेको छ ।

फेब्रुअरी ९ को पहिलो एपिसोडमा दुवै जनाले उधुम नै मच्चाए । फेब्रुअरी १० तारिखमा प्रितमले दोस्रो एपिसोडमा आफ्नो प्रस्तुति दिँदै टप ३० बाट टप १५ मा पुगेका हुन् ।

Logo