३३ किलो सुनकाण्ड: यूएईबाट सुन पठाउने खड्का पक्राउ

३३ किलो सुनकाण्ड: यूएईबाट सुन पठाउने खड्का पक्राउ


३३ किलो सुन तस्करी काण्डमा मुछिएका एक व्यक्ति यूएईमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  हरिशरण खड्का रहेका छन्।  प्रहरी प्रधान कार्यालय, काठमाडौंका अनुसार उनलाई केही दिनअघि यूएईमा  पक्राउ गरिएको हो । खड्काबिरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।

नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने गरेको प्रहरीको दाबी छ । उच्च स्तरीय सुन अनुसन्धान समितिले पनि खड्काले चुडामणि उप्रेती ‘गोरे’ मार्फत सुन पठाउने गरेको दाबी गरेको थियो।

काभ्रेका खड्का लामो समयदेखि  यूएईमै बस्दै आएका थिए ।

Logo