टि–२० स्म्यास: नेपाल उपविजेतामा सिमित

टि–२० स्म्यास: नेपाल उपविजेतामा सिमित


थाइल्याण्डमा जारी टि–२० स्म्यासमा नेपाल उपविजेतामा सिमित बनेको छ । आज भएको फाइनल खेलमा आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएसंगै नेपाल उपविजेतामा सिमित भएको हो।

१२२ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको नेपालका कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सकेनन् । पहिलो ओभरमा नै ओपन काजल श्रेष्ठलाई गुमाएको नेपालले दोस्रो ओभरमा इन्दु वर्मालाई गुमाउन पुग्यो । लगातार विकेट पतनको शिकार बनेको नेपालका लागि नेरी थापा र सिता रानामगरले मात्र दोहोरो अंकको रन जोड्न सके ।
नेरीले १७ रन बनाएकी थिइन् भने सिताले १३ रन जोडिन् । नेपालका चार खेलाडीले खाता नै खोल्न सकेनन् । नेपाललाई कम स्कोरमा रोक्नका लागि सुलिपोर्न लाओमीले तीन विकेट लिइन् भने सोर्नारिन टिपोचले दुई विकेट झारिन् ।

अघिल्ला खेलमा जस्तो दरिलो बलिङ गर्न नसक्दा थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १२१ रन बनायो । उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय योगदान दिइन् ।

उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् ।

समुह चरणमा नेपालले थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको थियाे भने मलेसियालाई ४ विकेटले, चीनलाई १० विकेटले र युएईलाई ६ विकेटले पराजित गरेको थियो। सेमिफाइनलमा नेपालले इन्डाेनेसियालाई पराजित गरेको थियाे ।

Logo