स्पेन भर्सेस पोर्चुगलः खेल १—१ को बराबरीमा

स्पेन भर्सेस पोर्चुगलः खेल १—१ को बराबरीमा


स्पेन रपोर्चुगलबीचको खेल १—१ को बराबरीमा आएको छ । खेल सुरु भएको चौथो मिनेटमै पोर्चुगलले पेनाल्टी मार्फत गोल गरेपछि २४ औं मिनेटमा स्पेनले गोल गर्दै खेल बराबरीमा आएको हो । स्पेनका लागि डिएगो कोस्टाले गोल गरेका हुन् । 

यस्तो छ अहिलेसम्मको प्रदर्शन

अहिलेसम्म स्पेन र पोर्चुगल ३५ पटक आमनेसामने भएका छन् । २१ औं संस्करणको विश्वकपका दावेदार मानिएका यी दुइ राष्टहरु रसियामा ३६ औं पटक भिड्दैछन् । अहिलेसम्म भएका खेलहरु हेर्ने हो भने स्पेन पोर्चुगल माथि हावि भएको छ ।

स्पेन १६ पटक विजयी भएको छ भने पोर्चुगलले ६ पटक मात्र विजयी बन्न सकेको छ । बाँकी १३ खेल बराबरी भएको थियो । १९७८ विश्वकपपछि लगातार ११ औं पटक स्पेन विश्वकपमा सहभागी भएको हो । स्पेनबाट स्टारहरु डियगो कोस्टा, डेविड सिल्भा, सर्जिओ रामोस निकै अनुभवि मानिन्छन् ।

को हुन क्रिष्टियानो रोनाल्डो ? आज परीक्षा हुँदै (भिडियोमा)

पोर्चुगललाई जित्न कठिन छ तर रोनाल्डोलाई टिमले साथ दिन सक्यो भने पोर्चुगलले पहिलो जित दर्ता गर्न सक्छ । दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपमा नेदरल्याण्डसलाई १—० ले पराजित गर्दै स्पेनले पहिलोपटक विश्व विजेता बनेको थियो । २०१४ मा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो । २००२ पछि लगातार ५ पटक विश्वकपमा सहभागी हुँदै गरेको पोर्चुगल पनि २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।

त्यसो त अहिलेको युरोकप विजेता भएको हैसियतले पोर्चुगलले सुधारिएको आफ्नो प्रदर्शन विश्वकपमा गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । उता स्पेन पनि २००८ देखि २०१२ मा युरोकप जितेको राष्ट्र हो ।

विश्वकपको मुखैमा रोनाल्डोलाई सुनाइयो दुई बर्षको जेल सजाय

स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ । सबै खेलाडी उस्तै रहेको स्पेनिस टिमका लागि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई रोक्ने प्रमुख चुनौती रहने छ ।

कस्को रणनीति के ?

पोर्चुगल लगातार युरोकप र विश्वकप जितेर जर्मनी, फ्रान्स र स्पेनको बराबरीमा पुग्न चाहन्छ । पश्चिम जर्मनीले सन् १९७२ मा युरोकप तथा १९७४ मा विश्वकप, फ्रान्सले १९९८ मा विश्वकप तथा २००० मा युरोकप तथा स्पेनले २००८ मा युरोकप तथा २०१० मा विश्वकप जितेर कीर्तिमान बनाएका थिए ।

स्पेन कि पोर्चुगल हेर्नुहोस भिडियो

पोर्चुगलले विश्वकपको समूह चरणमा भएका पछिल्ला ९ खेलमा एकमा मात्रै हार बेहोरेको छ । सन् २०१४ मा पोर्चुगल जर्मनीसँग ४—० ले पराजित भएको थियो । विश्वकप छनौट अपराजित रहने चार युरोपेली टिममध्ये एक स्पेनले विश्वकपमा पछिल्ला १४ खेलमा १० खेल जितेको छ । चार खेल हारेको छ ।

आजै भएका अन्य खेलहरुमा उरुग्वेले इजिप्टलाई १—० ले पारजित गरेको थियो । त्यसैगरि इरानले मोरक्कोलाई १—० ले नै पराजित गरेको थियो । मोरक्कोले अन्तिम समयमा आत्मघाति गोल गरेर खेल इरानलाई सुम्पेका थिए ।

Logo