डडेल्धुरा
डडेल्धुरा सहित ७ नम्बर प्रदेशका नौ वटै जिल्लाका ५३ स्थानीय तह बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम थालेको महिनौ बितिसक्दा पनि यस क्षेत्रका स्थानीय तहमा बैंकहरू खुल्न सकेका छैनन् । "/>

प्रदेश नं. ७ का ५३ स्थानीय तह बैंकिङ सेवाबाट वञ्चित

प्रदेश नं. ७ का ५३ स्थानीय तह बैंकिङ सेवाबाट वञ्चित


डडेल्धुरा
डडेल्धुरा सहित ७ नम्बर प्रदेशका नौ वटै जिल्लाका ५३ स्थानीय तह बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम थालेको महिनौ बितिसक्दा पनि यस क्षेत्रका स्थानीय तहमा बैंकहरू खुल्न सकेका छैनन् ।

सबै जिल्लाका स्थानीय तहमा स्थापना गरिने वाणिज्य बैंकहरूको बारेमा टुंगो लागे पनि स्थानीय तहमा बैंकहरू स्थापना हुन सकेका छैनन् । प्रदेश नम्बर ७ का नौ वटै जिल्लाका ३६ स्थानीय तहमा शाखा स्थापना गर्न विभिन्न वाणिज्य बैंकहरूले पूर्व स्वीकृति लिए पनि इन्टरनेट, सुरक्षा र अन्य अत्यावश्यक सेवाको अभावमा बैंक स्थापना हुन नसकेको नेपाल राष्ट्र बैंक सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

हालसम्म बैंकिङ सेवा सहरमुखी तथा सुविधाजनक ठाउँमा मात्र उपलब्ध हुँदै आएकोमा अब ग्रामीण क्षेत्रमा समेत पु¥याउने लक्ष्य रहेको नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक रमेश आचार्यले बताए । सरकारको निर्देशन बमोजिम हरेक स्थानीय तहमा शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई पत्राचार गरेको उनले बताए । प्रदेश नम्बर ७ का नौ जिल्लामा कुल ८८ स्थानीय तह छन्, जस मध्ये ५३ स्थानीय तहमा बैंकिङ सेवा सञ्चालन गर्न सकिएको छैन ।

डडेल्धुराका पाँच स्थानीय तह बैंकविहीन छन् । अमरगढी नगरपालिका र परशुराम नगरपालिकामा बैंकका शाखा खोल्ने होडबाजी चलिरहे पनि पाँच वटा गाउँपालिकामा बैंक पुग्न सकेका छैनन् । डोटीका नौ स्थानीय तह मध्ये दिपायल सिलगढी नगरपालिका बाहेक अन्य स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् । यसैगरी बैतडीका पाटन र दशरथचन्द नगरपालिकामा मात्रै बैंकिङ सेवा छ ।
राजधानीबाट

Logo