काठमाडौं
निकै लामो समय देखि प्रतीक्षित राष्ट्रिय सभा चुनाव बुधबार हुँदैछ । राष्ट्रिय सभा गठन नहुँदा दुई महिना अघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा समेत घोषणा हुन सकेको छैन । "/>

राष्ट्रिय सभा चुनाव भोलि हुदैं, तयारी पुरा : आयोग

राष्ट्रिय सभा चुनाव भोलि हुदैं, तयारी पुरा : आयोग


काठमाडौं
निकै लामो समय देखि प्रतीक्षित राष्ट्रिय सभा चुनाव बुधबार हुँदैछ । राष्ट्रिय सभा गठन नहुँदा दुई महिना अघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा समेत घोषणा हुन सकेको छैन । निर्वाचन आयोगले मंसिर २१ मा सकिएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम संवैधानिक र कानुनी जटिलताका कारण सार्वजनिक गर्न नमिलेको हो । यसबाट नयाँ सरकार गठन प्रक्रिया समेत ठप्प छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र राष्ट्रिय सभा निर्वाचन परिणाम आए लगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने बताए । ‘माघ २४ गते चुनाव सम्पन्न हुन्छ, सोही रातिबाट परिणाम आउन थाल्छ । सकभर भोलिपल्ट राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै परिणाम आइसक्छ,’ उनले भने । आयोगले माघ २६ गते राष्ट्रिय सभाको परिणाम राष्ट्रपति समक्ष बुझाउने लक्ष्य राखेको छ । प्रमुख आयुक्त यादवका अनुसार प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिन आयोगको तयारी पूरा भइसकेको छ । २६ गते कुन दलले कति सिट पाएको सार्वजनिक गरी विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलहरूलाई पत्राचार गरिने आयोगको तयारी छ ।  कान्तिपुरबाट

Logo