संसारकै घिनलाग्दो मान्छे : नुहाउँदैनन्, जनवारको मासु खान्छन्

संसारकै घिनलाग्दो मान्छे : नुहाउँदैनन्, जनवारको मासु खान्छन्


तेहरान, १० पुस ।
भनिन्छ मान्छेले जति सरसफाई गर्छ, उसको उमेर उत्तिनै बढ्छ । उत्तिनै निरोगी पनि हुन्छ । तर, संसारकै फोहोरी मान्छेले यो मान्यतालाई चुनौती दिएकै धेरै बर्ष भैसकेको छ ।

इरानको मरुभूमिमा बसोवास गर्ने यी व्यक्तिले विगत ६० बर्ष देखि नुहाएकै छैनन् । अमो हाजी नाम गरेका यि ब्यक्ति अहिले ८३ बर्षका भए । उनलाई नुहाउने प्रयास धेरैले गरेपनि सफल हुन सकेनन् । उनलाई नुहाउन कोही आएभने उनी भाग्ने गर्छन् ।

उनको खानपिनको शैली पनि सामान्य मानिसको भन्दा फरक छ । उनी जनावरहरुको गोबरलाई सुकाएर सुल्फी तान्ने गर्छन् । मासुपनि सकभर सफा नगरी खाने गर्छन् ।

उनले एक अन्र्तवार्तामा भनेका छन् कि, उनलाई सफाई भनेको मनै पर्दैन । खानेकुरा समेत फोहोर नै रुचाउँछु ।

उनको राम्रो बानी भनेकै दैनिक पाँच लिटर पानी पिउने । पानी पिउनका लागि उनी तेलको टिन प्रयोग गर्छन् । उसले आफ्ना रातहरु खण्डहरमा विताउँछन् । एजेन्सी

 

 

Logo