काठमाडौँ, १०, कात्तिक
औद्योगिक व्यवसाय ऐन जारी भएपछि ठूला लगानीका उद्योगहरु दर्ता हुने क्रम बढेको छ । उद्योग विभागका अनुसार नयाँ ऐनले १० करोड रुपैयाँ भन्दा बढी लगानीको उद्योग मात्रै मझौला उद्योग हुने भनी तोकिदिएपछि गतवर्षको तुलनामा लगानीकर्ताहरुले रकम बढाएर उद्योग दर्ता गर्ने क्रम बढेको हो । "/>

ठूला लगानीका उद्योग दर्ता बढ्यो

ठूला लगानीका उद्योग दर्ता बढ्यो


काठमाडौँ, १०, कात्तिक
औद्योगिक व्यवसाय ऐन जारी भएपछि ठूला लगानीका उद्योगहरु दर्ता हुने क्रम बढेको छ । उद्योग विभागका अनुसार नयाँ ऐनले १० करोड रुपैयाँ भन्दा बढी लगानीको उद्योग मात्रै मझौला उद्योग हुने भनी तोकिदिएपछि गतवर्षको तुलनामा लगानीकर्ताहरुले रकम बढाएर उद्योग दर्ता गर्ने क्रम बढेको हो ।

गतवर्ष मंसिर ७ गते औद्योगिक ऐन जारी भएको थियो । उक्त ऐनअनुसार १० करोड भन्दा कम लगानीलाई साना तथा घरेलु उद्योग भनेर व्याख्या गरेको छ । मझौला उद्योग हुनका लागि १० करोड भन्दा बढी लगानी गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी तीन करोड भन्दा कम लगानीका उद्योग विभागमा दर्ता नै नहुने व्यवस्था छ । गत आर्थिक वर्षको सुरुको तीन महिनामा एक सय ६७ वटा उद्योग दर्ता हुँदा लागत रकम ६ खर्ब ७१ अर्ब बराबरको रहेको थियो । चालू आवको सोही अवधिमा भने एक सय ३८ वटा उद्योग मात्रै दर्ता हुँदा पनि लागत रकम सात खर्ब ३६ अर्ब ७५ करोड रुपैयाँ रहेको देखिन्छ । उद्योगको संख्या बढी हुँदा पनि गतवर्ष दर्ता भएका उद्योगको लागत रकम कम रहनु ऐनको प्रभाव रहेको उद्योग विभागका प्रवक्ता दुर्गा प्रसाद भुसालले जानकारी दिए । उनले नयाँ ऐन जारी भएपछि साना लगानी उद्योग दर्ताको संख्या कम हुँदै गएको बताए । उद्योग विभागमा दर्ता हुँदै आएका साना उद्योगहरु अब घरेलु तथा साना उद्योग विभागमा दर्ता हुन थालेको उनको भनाइ छ । उनले पछिल्ला वर्षहरुमा उद्योगीहरुका लागि पनि सरकारले सुविधाहरु बढाएकाले समग्र दर्ता संख्या भने बढ्न थालेको बताए ।
आर्थिक दैनिकबाट

Logo