काभ्रे, २१, असोज
जिल्लाको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डन स्थित आँपघारी र कान्तिटारका १२५ जना कृषकहरुलाई स्थानिय आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क रुपमा दुध बोक्ने क्यान वितरण गरेको छ । "/>

चण्डेनीमण्डनका कृषकहरुलाई दुध बोक्ने क्यान वितरण

चण्डेनीमण्डनका कृषकहरुलाई दुध बोक्ने क्यान वितरण


काभ्रे, २१, असोज
जिल्लाको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डन स्थित आँपघारी र कान्तिटारका १२५ जना कृषकहरुलाई स्थानिय आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क रुपमा दुध बोक्ने क्यान वितरण गरेको छ ।  कृषकहरुलाई दुध उत्पादनमा प्रोत्साहित गर्ने उद्देश्यले उनीहरुलाई क्यान वितरण गरिएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद नेपालले जानकारी दिए । उनका अनुशार क्यान वितरणमा जिल्ला पशुसेवा कार्यालयले सहयोग गरेको थियो । सो कार्यालयले २५ वटा क्यान दिएको थियो । त्यसैगरि आँपघारी दुग्ध उत्पादक सहकारीले १ सय वटा क्यान खरिद गरि वितरण गरिएको बताइएको छ । यसका लागि करिव १ लाख रुपैयाँ खर्च भएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर नारायण बहादुर श्रेष्ठले कृषकहरुलाई क्यान वितरण गरेका थिए । यहाँका कृषकहरुलाई आँपघारी दुग्ध उत्पादक संस्थाले वर्षेनी यस्तै सहयोग गर्दै आएको छ । यहाँका कृषकहरु पछिल्ला दिनहरुमा पशुपालनमा धेरै नै आकर्षित हुँदै आएका र यहाँबाट मात्र दैनिक २५ सय लिटर दुध संकलन गरि राजधानी पठाइने गरिएको पनि अध्यक्ष नेपालले जानकारी दिए । यसरी संस्थाले सहयोग गरेपछि यहाँका कृषकहरु धेरै नै उत्साहित भएको स्थानिय कृषक कान्छा नेपालले बताए ।

 

Logo