विजयादशमीको टीका लगाइयोदेखि हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदियोसम्म (भिडियो)

विजयादशमीको टीका लगाइयोदेखि हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदियोसम्म (भिडियो)


काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये बडा दशैँको दशौँ र मुख्य दिन आज विजयादशमी । सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले रातो टीका एवं जमरा लगाएर हर्षोल्लासका साथ मनाएका छन् । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ ।

नेपालीहरुले बडा दशैँलाई आफ्नो दैनिक कामबाट विश्राम लिएर आफ्नो पुख्यौली घर फर्कने पर्वका रुपमा लिन्छन् । तर यहि दशैँकै समयमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढिरहेको छ । सिनो हाइड्रोले परिचालन गरेका करिब २ सय २० भन्दा बढी नेपाली मजदूर दशैं मनाउन घर गएपछि हाल चिनियाँ मजदूरले धमाधम आयोजनाको काम गरिरहेका छन् ।

लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताए ।

युएइमा जारि इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकत्ता नाइट राइडर र किङ्स इलाभने पन्जाबबिच प्रतिस्पर्धा हुदैछ । सारजाहा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साझ ७ः४५ शुरु हुनेछ । केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब छैटौं जित निकाल्न चाहन्छ । कोलकातालाई हराएर पन्जाब पनि प्ले अफ होड कायम राख्न चाहन्छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको आतंक आगामी महिनामा झन् बढ्ने संकेत देखिएको छ । कोभिडको संक्रमण कम हुनुको सट्टा धेरै देशहरुमा झन् बढ्दै गइरहेको भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।भिडियो :

Logo