नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक आज बस्दै

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक आज बस्दै


नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको सचिवालय बैठक आज बस्दैछ । बुधवार काठमाडौंमा आयोजना गरिएको जनसभाको तयारीका लागि बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभा विघटन र संसद् पुनःस्थापनाको माग गर्दै यस  समूहले घोषणा गरेको तेस्रोचरणको आन्दोलनको कार्यक्रम भोलि सकिदैछ ।  यस समूहले भोलि काठमाडौंमा विरोध सभा गरेपछि थप कार्यक्रमका विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।  

भोलि राजधानीमा गर्न लागिएको सभालाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ । यस अघि पनि यस समूहले विभिन्न चरणका विरोध कार्यक्रमहरु गरिसकेको छ ।  

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि यसलाई प्रतिगमनको संज्ञा दिंदै प्रचण्ड नेपाल समूहसहित अन्य दलहरु विरोधमा छन् । यता सर्वोच्चमा यस सम्बन्धि परेको मुद्दा विचाराधिन अवस्थामा छ ।  

Skip This
Logo