आईएसटीद्धारा कक्षा ११ का विद्यार्थीलाई औपचारिक रुपमा स्वागत

आईएसटीद्धारा कक्षा ११ का विद्यार्थीलाई औपचारिक रुपमा स्वागत


विश्वभर फैलिएको कोरोना महामारीका कारण विगत ४ महिनादेखि भर्चुअल रुपमा कक्षा सञ्चालन गर्दै आएको इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट आईएसटीले कक्षा ११ का विद्यार्थीलाई औपचारिक रुपमा स्वागत गरेको छ ।

नेपालमा कोरोना कहर केहि मत्थर हुँदै विभिन्न सभा समारोह सञ्चालन भइरहेको अवस्थामा कलेजले बुधबार आफ्नै भवनको हलमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई स्वागत गरेको हो ।  

विद्यार्थीलाई स्वागत गर्दै कलेजका सिईओ नरेन्द्र बज्राचार्यले विगत १७ वर्षको अवधिमा आईएसटीले हजारौँ विद्यार्थीलाई पासआउट गराइसकेको र हाल ती विद्यार्थीहरु संसारका थुप्रै देशहरुमा आफूलाई स्थापित गरिसकेको बताए । त्यस्तै आईएसटीले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउने विश्वास व्यक्त गरे ।  

Logo