विद्यालय बन्द गर्नु विकल्प होइन : प्याब्सन

विद्यालय बन्द गर्नु विकल्प होइन : प्याब्सन


निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले विद्यालय बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै प्याब्सनले विद्यालय बन्द नगर्न र अत्यावश्यक भए निश्चित क्षेत्रमा मात्रै बन्द गराउन सरकारसँग माग गरेको हो।

उपयुक्त स्वास्थ्य सावधानी अपनाई शैक्षिक संस्थाहरु संचालन गर्न सहयोग गरिदिन पनि प्याब्सनले सरकारसँग माग गरेको छ।

कोरोना नियन्त्रणको उपाय लकडाउन हुन नसकेको प्रष्ट भइसकेको भन्दै उसले पुनः लकडाउन गर्नु उपयुक्त नहुने जनाएको हो।

सरकारले आवश्यकता अनुसार विद्यालयहरुमा तातोपानी, स्वास्थ्यकर्मी, सेनीटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु मार्फत सहयोग गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणदर उच्च रहेको भन्दै केही दिन अघि सरकारले विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत निरन्तरता दिन एमसीसीलाई सिफारिस गरेपछि प्याब्सनले यस्तो विज्ञप्ति जारी गरेको हो ।

Logo