एक महिना स्कुल बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

एक महिना स्कुल बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना स्कुल तथा कलेजको पठनपाठन बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला सहरमा रहेका शिक्षण संस्थाहरु एक महिना बन्द गर्न र अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो।

मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेकाले विद्यालय बन्द गर्न सिफारिस गरिएको जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले विद्यालय बन्द गर्न सिफारिस गरिएको जनाए ।

मन्त्रालयले काठमाडौँ उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्ज लगायत  १५  ठूला सहरमा विद्यालय बन्दको सिफारिस गरेको हो।

स्वास्थ्य मन्त्रालयले शिक्षण संस्था बन्दको सिफारिस गरे पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषद्ले भने निर्णय गर्न बाँकी छ।

Logo