नेपाली विद्यार्थीलाई छात्रबृतिमा विशेष प्राथमिकता : के यल युनिभर्सिटी भारत

नेपाली विद्यार्थीलाई छात्रबृतिमा विशेष प्राथमिकता : के यल युनिभर्सिटी भारत


भारतको आन्ध्र प्रदेशको विजयवाडामा अवस्थित के यल युनिभर्सिटीले आफ्नो छात्रबृति योजनामा नेपालीहरूलाई उच्च प्राथमिकतामा राखेकाे जनाएकाे छ  ।

युनिभर्सिटीले आफ्नो बारेमा नेपाली शैक्षिक परामर्श व्यवशायीहरू, विद्यार्थी र पत्रकारहरूसँग साक्षात्कार गर्ने युनिभर्सिटीको समूह नेपाल आएकाे बेला यस्ताे बताएकाे हाे । 

पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार के यल युनिभर्सिटी आंध्र प्रदेशमा सन् १९८०मा स्थापना भएको  विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षाको लागि अखिल भारतीय परिषद्द्वारा मान्यता प्राप्त, NAAC A ++, NBA, MHRD द्वारा NIRF ४१औ र्‍याङकिङ तथा रेटिङमा पर्न सफल र  UGC को विर्षिक  मुल्याङ्कनमा  क्याटगोरी १ उत्कृष्ट विश्वविद्यालय हाे ।

उक्त कलेजमा यईनस विश्वविद्यालय इन्जिनियरिंग (बीटेक र एमटेक) आर्किटेक्चर होटल मेनेजमेन्ट,  बीबीए / एमबीए बीएससी एग्रकल्चर,  बी फार्मेसी, फर्म डी, एलएलबी र एलएलयम सञ्चालित छन् ।

यस विश्वविद्यालयलाई नेपालमा स्टारवल्ड इन्टरनेसनल एजुकेशन महाराजगंज, इन्फर्मेटीक्स् कन्सल्टेन्सी पुतलीसडक, आव्सीका इन्टरनेसनल एजुकेशन थापाथली, काठमाडौं म्यासवे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी बागबजार, ह्वाइट प्लाटीनम एजुकेशन सर्भिसेज कुपन्डोल लगायतका शैक्षिक परामर्श ब्यावसायी सस्थाहरूले नेपालमा के यल युनिभर्सिटीलाई प्रवर्धन गर्ने छन्। 

एडुकाउन्सलर्स न्यु दिल्लीका बजार निर्देशक हिमांशु गौरलले भने "के यल युनिभर्सिटीले नेपाली विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राख्दै KL Engineering Entrance Exam – 2021) & KL MAT (KL Management Aptitude Test – 2021) संचालन गरी १०० % देखि १५% सम्म छात्रवृति प्रदान गरीने छ"

'छात्रवृतिको लागि हामिले नेपाल सरकारसँग सम्बन्धन लियर अल नेपाल क्यामपीङ मा निस्कँदैछौं ।' प्रवर्धन समितिका संयोजक शिवराज न्यौपानेले भने । 

Logo