कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसी बैठकको निष्कर्ष

कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसी बैठकको निष्कर्ष


कोभिड-१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ। 

सिंहदरबारमा शनिबार बसेको कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ को नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले स्वास्थ्य सर्तकताका मापदण्डलाई कडाईका साथ पालना गर्ने र आवश्यक जनचेतना फैलाउने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको हो। 

कोभिड १९ को महामारी नियन्त्रणका लागि विगतमा सरकारले गरेको प्रयास र जारी भएका मापदण्ड तथा आदेशहरु कतिपय निष्कृय भइसकेको र नयाँ भेरियन्टको संक्रमण सर्ने जोखिम अत्याधिक भएकाले आवश्यकता अनुसार नयाँ मापदण्ड तयार गरि तत्काल कार्यान्वयनमा ल्याउन बैठकले सुझाव दिएको छ। तर निर्णय नभइसकेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव खगराज अधिकारीले बैठकले गरेका सिफारिस बारे थप विषय बताउन चाहेनन्।

विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने सन्दर्भमा विगतमा जस्तो नभई संक्रमणको जोखिम र फैलावटको स्थिति हेरेर अत्याधिक जोखिमका क्षेत्र पहिचान गरि वैकल्पिक सिकाईको व्यवस्था मिलाउने बारे स्थानीयतहसँग परामर्श गरि निर्णय गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए। विद्यालय बन्दको निर्णय भने मन्त्रिपरिषद्को बैठकले गर्नेछ । 

Skip This
Logo