सहरी क्षेत्रका विद्यालयहरू बैशाख महिनाभर बन्द गर्ने सरकारको निर्णय

सहरी क्षेत्रका विद्यालयहरू बैशाख महिनाभर बन्द गर्ने सरकारको निर्णय


सरकारले सहरी क्षेत्रका विद्यालयहरू बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालयहरु बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको हो। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले बैशाख महिनाभर शहरी क्षेत्रका विद्यालय बन्द गर्न र वैकल्पिकरुपमा पठनपाठन गराउन सिफारिस गरे अनुसार आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।

जस अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकरभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी लगायतका मुख्य सहरी क्षेत्रका विद्यालयहरु बन्द हुने भएका छन्।

Logo