शिक्षामन्त्रीले खुलाए विद्यालय बन्द गर्नु पर्नाको कारण

शिक्षामन्त्रीले खुलाए विद्यालय बन्द गर्नु पर्नाको कारण


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएका कारण विद्यालय बन्द गर्नु परेको बताएका छन्। 

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले २५ वर्ष भन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्ने गरी बैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए।

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमणदर उच्च रहेका जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरुलाई विद्यालयमा भौतिकरुपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताए। 

मन्त्री श्रेष्ठले कुनै पनि तहको परीक्षा नरोकिने पनि स्पष्ट पारे। असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने पनि उनले बताए। 

Logo