रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकियो

रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकियो


युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् ।

रियलले चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो ।  खेलको १४औं मिनेटमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीले घरेलु टोलविरुद्ध १–० को अग्रता लिएको थियो । 

२९औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यो बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा चेल्सीलाई अवे गोलको फाइदा हुनेछ । दोस्रो लेगमा यही यही नतिजा कायम राख्न सके चेल्सी फाइनल प्रवेश गर्नेछ । रियललाई कम्तीमा पनि १–० को जितको खाँचो छ ।

Logo