वीरगञ्जमा असार १ गतेदेखि विद्यार्थीको उपस्थितीमै विद्यालय सञ्चालन गर्न महानगरको आव्हान

वीरगञ्जमा असार १ गतेदेखि विद्यार्थीको उपस्थितीमै विद्यालय सञ्चालन गर्न महानगरको आव्हान


वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय खोल्ने भएको छ। कोरोनाको संक्रमण महानगरमा न्युन भएको भन्दै महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितीमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको बताइएको छ।

शैक्षिक प्रशासन महाशाखाले गरेको आव्हानमा वीरगञ्जका नीजि तथा सरकारी विद्यालयहरु असार १ गतेबाट संचालन गर्न निर्देशन दिइएको छ।

बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ। 

विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ।

यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागू गर्ने, असार १ गतेदेखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ गते पश्चात नियमतिरुपले पठनपाठन सुरु गर्ने गराउने र कुनै पनि विषम स्थिति देखिनासाथ शैक्षिक प्रशासन महाशाखामा जानकारी गराइ निर्देशनअनुसार गर्ने गराउने पत्रमा उल्लेख छ।

Logo