भारत पढ्न जाने विद्यार्थीलाई ‘स्टडी इन इन्डिया एक्सपो’ले घरमै सबै जानकारी दिने

भारत पढ्न जाने विद्यार्थीलाई ‘स्टडी इन इन्डिया एक्सपो’ले घरमै सबै जानकारी दिने


कोरोना माहामारीको कारण निषेधाज्ञा जारी रहेको अवस्थामा पनि भारत अध्ययन गर्ने जाने विद्यार्थीलाई घरमै बसेर पनि स्टडी इन इन्डिया एक्सपोले अध्ययनबारे सबै जानकारी दिने भएको छ।

आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जानकारी दिने भएको हो।

एक्स्पो गत शुक्रवारदेखि ५ दिनसम्म भर्चुअल रुपमा सञ्चालन भइरहेको छ। एक्स्पोमा ४० बढी विश्वविद्यालय, २ सय भन्दा बढी विषय र शतप्रतिशतसम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधिबाट घरमै बसेर आवश्यक सबै जानकारी पाउन सक्ने भएकाले यो एक्स्पो महत्वपूर्ण हुने भारतीय शैक्षिक मानवस्रोत व्यवस्थापन गर्ने संस्था एडसिलका अध्यक्ष एवं कार्यकारी निर्देशक मनोज कुमारले बताएका छन्।

त्यस्तै एक्सपोमा सहभागि हुन विद्यार्थीहरुले यसको वेभसाइट स्टडि इन इन्डिया डटकममा रजिस्टर गर्न सक्नेछन्।

Logo