वर्ल्ड लिडर समिट अवार्ड ‘जेभियर इन्टरनेशनल कलेज’लाई

वर्ल्ड लिडर समिट अवार्ड ‘जेभियर इन्टरनेशनल कलेज’लाई


काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ। शैक्षिक क्षेत्रमा पुर्‍याएको अतुलनिय योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो। 

निरन्तरको शैक्षिक गुणस्तर र उत्कृष्ट पुर्वाधारसहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको जेभियर इन्टरनेशनल कलेज कालोपुलका सिइओ लोकबहादुर भण्डारीले बताए। 

इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन) नामक संस्थाले विश्वभरीबाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ। 

जेभियर इन्टरनेशनल कलेज कालोपुल यस अघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको थियो।

Logo