श्रीलंका टेक्नोलोजिकल क्याम्पसमा नेपालका आठ विद्यार्थीलाई छात्रवृत्ती

श्रीलंका टेक्नोलोजिकल क्याम्पसमा नेपालका आठ विद्यार्थीलाई छात्रवृत्ती


श्रीलंका टेक्नोलोजिकल क्याम्पस(एसएलटिसि)ले आठ जना नेपाली विद्यार्थीहरुको छात्रवृत्ति दिने भएको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानमार्फत एसएलटिसीले छात्रवृत्तीमा आवेदन दिन भनेको छ।

श्रीलंकाको पडुक्का स्थित श्रीलंका टेक्नोलोजिकल क्याम्पसले आठ जना नेपाली विद्यार्थीहरुलाई जुलाई सेसनका लागि सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्तीका लागि आवेदन मागेको हो।

क्याम्पसले स्नातक स्तरको आईटि र कम्प्युटिङ्ग डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि क्लाउड कम्प्युटिङ्ग, साईबर सेक्युरिटि, डाटा साईन्स, सफ्टवेयर ईन्जिनियरिङ्ग जस्ता विषयमा ३ जनालाई पूर्ण र ५ जनालाई आंशिक छात्रवृत्ती दिने भएको हो।

आंशिक छात्रवृत्ती पाउनेले ३० देखि ६० प्रतिशतसम्म पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ। छात्रवृत्तीका लागि दाबी गर्ने विद्यार्थीहरुले भने विज्ञप्तिमा उल्लेख गरिएको वेवलिंकमा गई आवेदन दिन सक्ने उल्लेख छ।

इक्यानले विगत २४ वर्षदेखि निरन्तररुपमा उच्च शिक्षा हाशिल गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि शैक्षिक परामर्श केन्द्रमार्फत परामर्श, सहजिकरण र हर सम्भव सहयोग गर्दै आइरहेको छ।

यसरी परामर्श, सहजिकरण, समन्वय र सहयोग गर्दै गर्दा विगतदेखि नै नेपाल लगायत विदेश स्थित कलेज, विश्वविद्यालय लगायत अन्य दूतावासमार्फत मिहेनेती, जेहन्दार र दुरदराजका अति विपन्न विद्यार्थीहरुलाई उत्कृष्ट कलेज, विश्वविद्यालयहरुमा छात्रवृत्तीको पहल कदमि गरि भर्ना भएका छन्।

Logo