बेस्ट २५ ‘प्लस टु’

बेस्ट २५ ‘प्लस टु’


एसइइपछि अभिभावक र विद्यार्थीको चिन्ता हुन्छ, अब ‘प्लस टु’ कहाँ अध्ययन गर्ने भनेर। माध्यमिक तहको शिक्षाका रूपमा कक्षा ११ र १२ लाई समेटिए पनि एसइइ उत्तीर्ण अधिकांश विद्यार्थी राम्रो ‘प्लस टु’को खोजीमा हुन्छन्। 

विद्यार्थी र अभिभावकले राम्रो ‘प्लस टु’को खोजी गर्नुले ‘प्लस टु’लाई कलेज ‘ह्याङ’बाट व्यावहारिक रूपमा निस्कन अझै गाह्रो छ भन्ने पुष्टि हुन्छ। यद्यपि, कक्षा १२ सम्मको अध्ययन माध्यमिक तहको शिक्षा नै हो भन्ने कुरामा अब दुईमत छैन।
 
कतिपय शैक्षिक संस्थामा भनें विद्यार्थीले १० वर्षसम्म आफूले अध्ययन गरेकै विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने गरेका छन् । 

राम्रा ‘प्लस टु’को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यहाँ ‘बेस्ट २५ प्लस टु’ को खोजी गरिएको छ। 

हुन त, राम्रा ‘प्लस टु’ यी मात्र हुन् भनेर हामी ठोकुवा गर्दैनौं। विभिन्न मापदण्डका आधारमा यहाँ उल्लेख नभएका शैक्षिक संस्था पनि उत्कृष्ट हुन सक्छन्। तर, यहाँ उल्लेखित शैक्षिक संस्था विद्यार्थीका निम्ति सही शैक्षिक गन्तव्य हुनेमा भनें ढुक्क रहँदा हुन्छ। 

विद्यार्थीको उज्जवल भविष्यका निम्ति उल्लेखित शैक्षिक संस्थाले राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी र पूर्वाधारमा लगानी गरेकाले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ। 

कुन ‘प्लस टु’ आफ्ना निम्ति उपयुक्त हुन्छ भन्ने कुरा विद्यार्थी र अभिभावकले तुलनात्मक रूपमा कलेजको अध्ययन गर्दा पनि थाहा पाउन सक्छन्। आफूलाई पायक पर्ने क्षेत्रमा भएका राम्रा ‘प्लस टु’लाई छाडेर टाढाको ‘प्लस टु’रोज्न खोज्दा आउने जाने झन्झटका कारण विद्यार्थीले खोजेजस्तो शैक्षिक सफलता हासिल गर्न नसकेको पाइन्छ। त्यसैले शैक्षिक संस्थाको अध्यापन विधिबारे त्यहाँ अध्ययनरत पूर्व विद्यार्थीको अनुभवबाट पनि जानकारी हासिल गर्न सकिन्छ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थितिलगायत मापदण्डका आधारमा राम्रा ‘प्लस टु’ छनोट गरिएको हो। 

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थितिलगायत मापदण्डका आधारमा राम्रा ‘प्लस टु’ छनोट गरिएको हो। 

कतिपय अब्बल शिक्षण संस्था यस छनोट प्रक्रियामा सहभागी हुन अनिच्छुक देखिएकाले र्याङकिङमा समेटिएका छैनन्। कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन्।  यस्तै, विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समाविष्ट छैनन्। 

पछिल्लो समयमा भौतिक संरचनामा बृहत् लगानी गरेर आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २५ को सूचीमा प्राथमिकता दिइएको छ। 

 

१) प्रसादी एकेडेमी, ललितपुर
२) काठमाडौं मोडल कलेज (केएमसी), बागबजार
३) सेन्ट जेभियर्स कलेज, माइतीघर
४) एनसिसिएस, पकनाजोल
५) ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर
६) ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार
७) पिनाकल एकेडेमी, लगनखेल
८) जेभियर एकेडेमी, लाजिम्पाट
९) मेरिल्यान्ड कलेज, विराटनगर
१०) लिटल एन्जल्स स्कुल, ललितपुर
११) जेभियर इन्टरनेसनल कलेज, कालोपुल
१२) सैनिक आवासीय महाविद्यालय, भक्तपुर
१३) सगरमाथा मावि, पोखरा
१४) सेन्ट मेरिज मावि, जावलाखेल
१५) सिसिआरसी कलेज, कोटेश्वर
१६) भिएस निकेतन कलेज, मिनभवन
१७) हिमालयन ह्वाइट हाउस, तिनकुने
१८) मोर्गन इन्टरनेसनल कलेज, बसुन्धरा
१९) नेपाल काष्ठमण्डप कलेज, कलंकी
२०) किस्ट कलेज, कमलपोखरी
२१) नोबेल एकेडेमी, नयाँ बानेश्वर
२२) समृद्धि स्कुल, बनस्थली
२३) काठमाडौं भ्याली स्कुल तथा कलेज, छाउनी
२४) आइएसटी कलेज, ज्ञानेश्वर
२५) काठमाडौं वर्ल्ड स्कुल, गुन्डु, भक्तपुर

१. प्रसादी एकेडेमी, ललितपुर

‘एकल कार्यक्रम, एकल व्यवस्थापन,’ २३ वर्षअघि स्थापना भएको प्रसादी एकेडेमीको सफलताको मूलमन्त्र हो। कक्षा ११ र १२ विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउने प्रसादी ‘प्लस टु’ अध्यापन गराउने शैक्षिक संस्थाको सूचीमा नम्बर एकमा छ।

उत्कृष्ट शैक्षिक परिणामका आधारमा नम्बर एकमा पर्न सफल प्रसादी एकेडेमी अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण अब्बल भएको हो।
 
सर्वोत्कृष्ट शैक्षिक परिणामका आधारमा तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषदबाट सर्वोत्कृष्ट शैक्षिक संस्थाका रूपमा लगातार चार वर्ष सम्मानित यो संस्था पूर्ण रूपमा ‘प्लस टु’ एजुकेसनमा केन्द्रित छ। ‘प्लस टु’मै फोकस रहेकाले प्रसादीले अग्रणी स्थानमा आफूलाई राख्न सफल भएको हो।

निश्चित कोटामा राम्रा विद्यार्थी भर्ना लिएर उच्च प्रतिफल हासिल गर्नु प्रसादीको मुख्य विशेषता हो। कलेजका फाउन्डर प्रिन्सिपल विक्रम राई भन्छन्, ‘प्रसादी एकेडेमीमा भर्ना हुनु भनेको विशुद्ध रूपमा शैक्षिक ज्ञान हासिल गर्न आउनु हो भनेर बुझाइएको छ।  प्रसादीले विद्यार्थीलाई पढाउनेभन्दा पनि कसरी पढ्ने भनेर सिकाउँछ। पढ्ने तरिका बुझेपछि विद्यार्थीको भविष्यको चिन्ता लिनै पर्दैन।’ 

उत्कृष्ट शैक्षिक नतिजाका निम्ति अहोरात्र मेहनत गर्ने यो संस्थाले गुणस्तरीय शिक्षाका लागि ‘पूर्ण समय’ लगानी गरेको बताउने गरेको छ। त्यसैले ‘प्लस टु’मा निरन्तर ९७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल छ प्रसादी।

अत्याधुनिक शिक्षण पद्धति, कुशल व्यवस्थापकीय समूह र दक्ष तथा अनुभवी शिक्षक यो संस्थाका विशेषता हुन्। करिब दुई दशकयताको शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ। 

२. काठमाडौँ मोडल कलेज (केएमसी), बागबजार

जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजका आवश्यकता हुन्। यिनै आवश्यकतालाई केन्द्रमा राखेर काठमाडौँ मोडल कलेज २१ वर्षदेखि सञ्चालनमा रहेको छ। 

बागबजारस्थित काठमाडौं मोडलमा ‘प्लस टु’अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुन्छ। काठमाडौं मोडल सन् २०१७ मा देशभरिकै उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा शिक्षा मन्त्रालयबाट पुरस्कृत भयो।

विश्वविद्यालयका प्रवेश परीक्षामा काठमाडौँ मोडलका विद्यार्थीले पाएको निरन्तर सफलताले यसलाई गुणस्तरीय संस्थाका रूपमा स्थापित गरेको छ।

अन्तर्क्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिने काठमाडौँ मोडलमा सुविधायुक्त छात्राबासका साथै उत्कृष्ट शिक्षण टोली छ। यही कारणले मुलुकभरका अब्बल विद्यार्थीले काठमाडौं मोडल रोज्छन्।

काठमाडौँ मोडलको सफलताबारे धारणा राख्दै प्राचार्य डा. नगेन्द्र अर्याल भन्छन्, ‘विद्यार्थीले विभिन्न परीक्षामा ल्याएको उत्कृष्ट नतिजा नै हाम्रो सफलता हो। अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो।’

३. सेन्ट जेभियर्स कलेज, माइतीघर 

‘उत्कृष्टता, नेतृत्व र सेवामा समर्पित’ हुने उद्देश्य लिएको सेन्ट जेभियर्सले ५ सय ४ भन्दा बढी विद्यार्थी भर्ना लिँदैन। कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन गराउने यो संस्थाले ‘मेरिट’को आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा भर्ना लिन्छ।

विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित, र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स। विद्यार्थीले विज्ञान, गणित, अंग्रेजी र तर्कसम्बन्धी १०० प्रश्नको लिखित परीक्षा पास भएपछि अन्तर्वार्ताबाट भर्नाको अन्तिम सूची छनोट गरिन्छ।  

गुणस्तरीय फ्याकल्टी , आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा सेन्ट जेभियर्सले विशेष ध्यान दिने गरेको छ। अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको यस संस्थाले नियमित आन्तरिक परीक्षा लिने गरेको छ। 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउने भए पनि सेन्ट जेभियर्सको चिनारी भने ‘प्लस टु’मा यसले स्थापित गरेको ‘लेगेसी’ नै रहेको छ।

४. एनसिसिएस, पकनाजोल 

‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई प्राथमिकतामा राखेको एनपसिसिएस स्नातक मात्रै नभई  कक्षा ११ र १२ मा पनि अब्बल शैक्षिक संस्था हो। सूचना प्रविधि अध्यापनमा ख्याति कमाएको नेसनल कलेज अफ कम्युटर स्टडिज (एनसिसिएस) ले एनसीसीएस हायर सेकेन्डरी स्कुल र नेसनल क्रियटिभ एजुकेशनल स्कुलमार्फत् कक्षा १२ सम्मको शिक्षा प्रवाह गरिरहेको छ। 

सीमित विषयमा मात्र अध्यापन गराउने शैक्षिक संस्थाको नतिजा उत्कृष्ट रहेको पाइन्छ। एनसिसिएस पनि त्यसकै एक उदाहरण हो। उच्च माध्यमिक तहमा व्यवस्थापन मात्रै अध्यापन गराउने एनसिसिएसमा भर्ना हुन एसइइ परीक्षामा कम्तीमा ‘बी’ ग्रेड ल्याउनुपर्छ। 

एनसिसिएसले ग्रेडिङ सिस्टममा आउनुअघि प्राप्त गरेको ९९ सय प्रतिशतसम्मको उत्तीर्ण दरले यो शैक्षिक संस्था अब्बल रहेको पुष्टि हुन्छ।

एनसिसिएस कलेजमा होटल म्यानेजमेन्ट पनि आकर्षणको विषय हो। त्यसका लागि किचेन, बार, रेष्टुरेन्टलगायत पूर्वाधार तयार गरी एनसिसिएसले शिक्षणपद्धतिलाई समयानुकूल परिवर्तन गर्दै लगेको छ। 

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत एनसिसिएसमा खेलकुद, प्रोजेक्ट कार्य, सांस्कृतिक कार्यक्रम र स्थलगत शैक्षिक भ्रमण नियमित पढाइबाहेकका मुख्य गतिविधि हुन्।

‘हामी ‘एक्स्ट्रा करिकुलर’ गतिविधि त गराउँछौँ। तर, हाम्रो प्राथमिकता भने ‘को–करिकुलर’ गतिविधिमै रहन्छ किनभने यस्ता गतिविधिले पाठ्यक्रमसँग विद्यार्थीलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने गर्छन्,’ एनसिसिएस कलेजका कार्यक्रम निर्देशक प्रज्वल बानियाँ क्षेत्रीले बताए।

५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर

व्यवस्थापन शिक्षा र ग्लोबल कलेज अफ म्यानेजमेन्ट एक अर्काका पर्याय नै भएका छन्। मध्यबानेश्वरमा रहेको यो कलेजले व्यवस्थापन संकायमा पाएको सफलतापछि ग्लोबल स्कुल अफ साइन्स पनि सञ्चालनमा ल्याएको छ। 

व्यवस्थापन आफैंमा एक प्रयोगात्मक विषय हो। आधारभूत रूपमै प्रयोगात्मक प्रकृतिको विषयलाई साधारणतया नेपालका शैक्षिक संस्थाले कक्षामै सीमित गरिदिन्छन्। ग्लोबल कलेजले अन्य कलेजको यही  कमजोरीलाई आफ्नो ताकत बनाएको छ। 

व्यवस्थापन शिक्षाको चुरो कुरो बुझेको ग्लोबल कलेजले उच्चस्तरीय भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, भव्य ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिएको छ। 
बिहान र दिउँसो गरी दुई सत्रमा पढाइ हुने ग्लोबल कलेजले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरतरहले प्रेरित गरिरहेको हुन्छ। विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन्।

कलेजले रोजगार बजार अनुकूल शैक्षिक कार्यक्रममार्फत् दक्ष व्यवस्थापक, उद्यमी एवं व्यवसायी उत्पादन गर्ने लक्ष्य लिएको छ।

ग्लोबल कलेज अफ म्यानेजमेन्ट चार्टर्ड अकाउन्टेन्सी, बिबिए, बिएचएम र एमबिए अध्ययनका लागि विद्यार्थीलाई तयार बनाउन तत्पर रहेको कलेजका प्रिन्सिपल डा. अम्बादत्त जोशी बताउँछन्।

‘प्रयोगात्मक व्यवस्थापन शिक्षामा प्रस्तुतिले महत्व राख्छ। हाम्रो प्रयास हरेक विद्यार्थीलाई पढाइसँगै प्रस्तुति अब्बल बनाउनेमा केन्द्रित छ,’ जोशीले भने।

६. ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार

‘सिनर्जिस्टीक टिचिङ लर्निङ’ पद्धतिबाट अध्ययन–अध्यापन गर्दै ट्रिनिटी इन्टरनेसनल कलेजले विद्यार्थीलाई चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि तयार गर्दै आएको छ। 

‘भविष्यका लागि शिक्षा’ भन्ने मिसनसाथ अघि बढेको यो कलेजमा ‘प्लस ंटु’ र ‘ए लेभल’ तहअन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायको पढाइ भइरहेको छ। ट्रिनिटीले सन् २००८ देखि २०१९ सम्म ७ सय ५० भन्दा बढी विद्यार्थीलाई एमबिबिएस, १ सय ५० भन्दा बढीलाई बिडिएस, १ हजार ७ सय ५० भन्दा बढीलाई इन्जिनियरिङ र १ हजार ४ सय ५० भन्दा बढीलाई आइटीका विभिन्न विषयमा सफल अवतरण गराइसकेको छ। 

१ हजार ४ सयभन्दा  बढी विद्यार्थीले बिबिएमा सफलतापूर्वक प्रवेश गराइसकेका छन्। ट्रिनिटीबाट पास आउट भएका २ हजारभन्दा बढी विद्यार्थी उच्चशिक्षाका लागि अमेरिका, अस्ट्रेलिया, बेलायत, युरोप, चीन र विभिन्न सार्क मुलुकमा गइसकेका छन्। 
यस कलेजले क्लास टेस्ट, मासिक, टर्मिनल तथा प्रि–बोर्ड परीक्षा मात्रै होइन, दरिलो तयारीका लागि ‘मक एक्जाम’ को पनि व्यवस्था गरेको छ। 

ट्रिनिटीका निर्देशक शिव प्रसाद सुवेदी विद्यार्थीले आफ्नो इच्छा अनुसारका विषय छनोट गरेर भर्ना हुँदा उत्कृष्ट नतिजा आउने बताउँछन्। उनी भन्छन्, ‘कुन विषयको स्कोप छ भन्दा पनि कुन विषयमा राम्रो गर्न सकिन्छ भन्ने कुराको आधारमा विषय छनोट गर्नुपर्छ।’ 

७. पिनाकल एकेडेमी, लगनखेल 

ललितपुरको लगनखेलमा अवस्थित पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय रहेका छन्। विज्ञान संकायमा २ सय ५०, व्यवस्थापन संकायमा ३ सय ५०, मानविकी संकायमा ४५ र कानुन संकायमा ४५ गरी कूल ६ सय ९० विद्यार्थी पिनाकलमा ‘प्लस टु’ अध्ययनका लागि छनोट हुन्छन्। 

पिनाकल कलेजले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको छ। ‘प्रतिस्पर्धात्मक ‘जब मार्केट’मा आफ्नो स्थान सुरक्षित गर्न र सफल हुनका लागि विद्यार्थीले के गर्नुपर्छ त? हाम्रो ध्यान त्यसैमा केन्द्रित हुने गर्छ,’ पिनाकल एकेडेमीका प्राचार्य ऋषि तिवारी भन्छन्। 

पिनाकलको व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्टमा अध्ययन गर्ने विद्यार्थीले ‘एड्भान्सड होटल ल्याबमा वर्षैभरि विद्यार्थीले होटल ट्रेनिङ लिन सक्छन्। त्यस्तै, कम्प्युटर म्यानेजमेन्ट पढ्नेलाई ‘एड्भान्स्ड आइटी ल्याब ट्रेनिङ’ का साथै बजारको आवश्यकता अनुसार ग्राफिक डिजाइनजस्ता सीपमूलक तालिम पनि पिनाकलले दिँदै आएको छ। 

अर्कोतर्फ, बिजनेस म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि ‘बिजनेस डेभलपमेन्ट ट्रेनिङ’ को व्यवस्था गरिएको छ। 

विज्ञान संकायमा भर्ना भएका विद्यार्थीलाई एमबिबिएस, प्यारामेडिकल, इन्जिनियरिङ, एग्रीकल्चर र फरेस्टीको ‘इन्ट्रान्स’ परीक्षाका लागि तयार गर्न पिनाकल सुरुदेखि नै लागिपर्छ।   

योग्य विद्यार्थीलाई सम्मान गर्दै पिनाकलले विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ। त्यसैअनुरुप, पिनाकलका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ६ पटकसम्म टप गरेका छन्।

८. जेभियर एकेडेमी, लाजिम्पाट

‘ख्याल राख्ने शैक्षिक संस्था’ का रूपमा आफूलाई परिभाषित गर्ने जेभियर एकेडेमीले प्रतिस्पर्धात्मक माध्यमबाट सीमित सिटका लागि विद्यार्थी भर्ना लिने गर्छ। 

‘हाम्रो नाराले नै हाम्रो विशेषता बताउँछ। हामी विद्यार्थीको ख्याल उसले कलेजमा बिताउने समयमा मात्र सीमित राख्दैनौँ। घरपरिवार, साथीहरूसँग कस्तो सम्बन्ध छ भन्ने कुराले पनि उसको शैक्षिक स्तर निर्धारण गर्छ। हामी त्यसलाई पनि छुटाउँदैनौँ,’ एकेडेमीका प्रमुख प्रशासक प्रकाश श्रेष्ठ भन्छन्।

विद्यार्थीको ख्याल राख्न जेभियर एकेडेमीले अभिभावकसँगको समर्कलाई विशेष जोड दिएको छ। शिक्षक र अभिभावक रहने ‘प्यारेन्ट्स एन्ड टिचर्स एशोसिएसन’ पनि सञ्चालनमा रहेको छ। विशेषगरी हरेक परीक्षापछि विद्यार्थीको नतिजा समीक्षाका लागि अभिभावक अनिवार्य रूपमा कलेजमा उपस्थित हुनुपर्छ। 

काठमाडौँ लाजिम्पाटस्थित जेभियर एकेडेमीमा विज्ञान संकायमा भर्नाका लागि आवेदन दिन कम्तिमा ३.२ जिपिए र व्यवस्थापन संकायमा भर्नाका लागि आवेदन दिन कम्तिमा २.८ जिपिए प्राप्त गरेको हुनुपर्छ। व्यवस्थापन संकायका कक्षा बिहानी सत्रमा सञ्चालन गरिन्छ भने विज्ञान संकायका कक्षा दिवा सत्रमा सञ्चालन गरिन्छ। योग्यताको कदर गर्न जेभियर एकेडेमीले एसइइमा जिल्ला टप गर्नेदेखि लिएर आन्तरिक परीक्षा टप गर्नेसम्मका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ। 

९. मेरिल्यान्ड कलेज, विराटनगर

‘हामी विद्यार्थीलाई निरन्तर रूपमा मार्गनिर्देशन दिइरहेका हुन्छौँ। आवश्यकता अनुसार अतिरिक्त कक्षा र विशेष कक्षामा विद्यार्थीलाई समावेश गराइरहेका हुन्छौँ।’ विराटनगरस्थित मेरिल्यान्ड ‘प्लस टु’का प्राचार्य लक्षमण ढकालले भनेका यी वाक्यबाट मेरिल्यान्डको सफलताको कारण पहिल्याउन सकिन्छ। 

स्थापनाको २० औँ वर्ष टेकेको मेरिल्यान्ड कलेज स्थापनाकालदेखि अहिलेसम्म व्यवस्थापन शिक्षामै केन्द्रित रहेको छ। १ हजार ५ सयभन्दा बढी विद्यार्थी रहेको मेरिल्यान्ड पटक–पटक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने कलेज हो।  

प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कलगायत गतिविधि मेरिल्यान्डका विशेषता हुन्। यसबाहेक विद्यार्थीको करिअर विकासका लागि मेरिल्यान्डले विशेष ध्यान दिँदै आएको छ। 

कक्षागत शिक्षण सिकाइभन्दा पेसागत सीपको विकास व्यवस्थापन शिक्षाकै मूल मर्म भएकाले मेल्यिान्ड कलेजका गतिविधि एक सफल व्यवस्थापन शिक्षाको उदाहरण हो। 
योग्यतामा विशेष ध्यान दिने मेरिल्यान्ड कलेजले विद्यार्थीको आर्थिक अवस्थालाई पनि मध्यनजर गर्दै छात्रवृत्ति प्रदान गर्ने गर्छ। योग्य र आवश्यकता भएका विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति दिने मेरिल्यान्डले अघिल्लो शैक्षिक सत्रमा मात्र ६० लाख बराबरको छात्रवृत्ति वितरण गरेको थियोे।

१०. लिटल एन्जल्स स्कुल, हात्तीवन 

‘हामीलाई देशभरका अभिभावकले माया गरेर आफ्ना बालबच्चालाई भर्ना गर्न लिएर आउनुहुन्छ। तर, हामीले उहाँहरू सबैलाई माया गर्न नपाउँदा दुःख लाग्छ,’ लिटल एन्जल्स कलेजका प्रिन्सिपल कृष्ण अवस्थी भन्छन्।

मध्यमवर्गीय जनसंख्यालाई पनि उच्च गुणस्तरको शिक्षा दिन सकिन्छ भनेर सन् १९८१ मा स्थापना भएको लिटल एन्जल्स स्कुलले सन् १९९७ देखि ‘प्लस टु’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो। विज्ञान संकायमा ३ सय ५० र व्यवस्थापन संकायमा २ सय ५० गरी ६ सय हाराहारीमा मात्र विद्यार्थी भर्ना लिने लिटल एन्जल्स नेपालका प्रायः ‘प्लस टु’हरूको ह्वारह्वार्ती भर्ना लिने प्रवृत्तिका अपवादमध्ये एक हो।

शिक्षक र विद्यार्थीबीच गाढा सम्बन्ध सिकाइको पूर्वसर्त नै हो। ‘पार्टटाइम’ शिक्षकले विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्दैनन् भन्ने कुरालाई आत्मसात गर्दै लिटिल एन्जल्सले पूर्णकालीन शिक्षक मात्र राख्दै आएको छ।    

अभ्यासद्वारा आर्जन गरिएको ज्ञान दिगो हुन्छ भन्ने मान्यताका साथ सञ्चालित लिटल एन्जल्सले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रतियोगितात्मक कक्षा सञ्चालन गर्ने गर्छ। उत्कृष्ट भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, शान्तिपूर्ण शैक्षिक वातावरणका कारण पनि लिटल एन्जल्स अन्य ‘प्लस टु’हरूभन्दा फरक छ। आधुनिक कक्षाकोठासहितको यो संस्थाले श्रव्यदृश्य माध्यममार्फत् प्रभावकारी रूपमा पठनपाठन गराउँदै आएको छ।   

११. जेभियर इन्टरनेसनल कलेज, कालोपुल 

‘विद्यार्थीलाई जीवनका लागि तयार गर्ने’ मिसन लिएको जेभियर इन्टरनेसनल कलेज वास्तविक अर्थमै इन्टरनेसनल छ। सन् २०१९ मा ‘इन्टरनेसनल स्कुल अवार्ड’ अन्तर्गत उत्कृष्ट अध्यापनबापत ‘एक्सिलेन्स इन टिचिङ अवार्ड’ प्राप्त गर्न जेभियर इन्टरनेसनल सफल भएको थियो।

प्लस टु, ए लेभल, बीसीए, बीएससी इन्भाइरोमेन्ट साइन्स, बीएससी माइक्रोबायोलोजी, बीबीएम, बीबीएस, बीएसडब्लु, एमबीएसलगायत बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि जेभियर इन्टरनेसनलको मुख्य चिनारी ‘प्लस टु’ अध्यापन नै हो।

एसईईमा ४ जिपिए ल्याएका मेधावी विद्यार्थीले रुचाएको ‘प्लस टु’ हो जेभियर इन्टरनेसनल। उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृवृदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ। कलेजले खेलकुद, मनोेरञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक्स, फोटोग्राफी, कलालगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराउँदै आएको छ।
 
‘शिक्षण, भौतिक संरचना र नतिजामा त हामी अब्बल छौँ नै। तर, हाम्रो विशेष पक्ष भनेको काउन्सिलिङ हो। हामी हरेक विद्यार्थीलाई नजिकबाट नियालिरहेका हुन्छौँ। उनीहरूलाई व्यक्तिगत तवरमा पथ प्रदर्शन गर्नु नै हाम्रो मुख्य जिम्मेवारी हो,’ जेभियर इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारी बताउँछन्।  

१२. सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर 

लगानी र व्यवस्थापनका कारण निजी क्षेत्रको दबदबा रहेको शिक्षामा सरकारी स्वामित्वको वा गैरनाफामूलक शिक्षण संस्थाको सफलता वीरलै देख्न पाइन्छ। भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय यस्तै अपवादमध्ये एक हो। 

सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित यस कलेजमा सैनिक तथा गैरसैनिक परिवारका विद्यार्थीले अध्ययन गर्न पाउँछन्। सन् १९८६ मा स्थापना भएको यस स्कुलमा विज्ञान, व्यवस्थापन र मानविकी संकाय गरी ४ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

मुनाफारहित यो विद्यालयमा सेनाको मुख्य गुण अनुशासनलाई विशेष महत्व दिइएको छ, जुन शैक्षिक सफलताको पनि मुख्य सूत्र नै हो। अर्को महत्वपूर्ण सैनिक मान्यता हो योग्यता। सैनिक आवासीयमा विद्यार्थीको बौद्धिक क्षमता तथा प्रतिभाका आधारमा भर्ना लिइन्छ। सामूहिक अन्तक्र्रिया, अतिरिक्त कक्षा र पर्याप्त भौतिक पूर्वाधार पनि सैनिक आवासीयका मुख्य विशेषता हुन्।

‘ज्ञानेन परमो सेवा’ अर्थात् ‘ज्ञान प्रवाह नै परम सेवा हो’ भन्ने मूलनारा लिएको सैनिक आवासीय महाविद्यालय समावेशीतामा पनि अगाडि रहेको छ, जसलाई महाविद्यालयका प्राचार्य दलप्रसाद पुन महाविद्यालयको गौरवका रूपमा व्याख्या गर्छन्।

‘देशभरका ७२ जिल्लाका विद्यार्थी हामीकहाँ छन् भन्ने कुराले हामीलाई गौरवान्वित बनाएको छ। विद्यार्थीले ल्याउने विविधताले देशकै प्रतिनिधित्व गर्छ,’ पुनले सन्देश दिएका छन्।

 

१३. सगरमाथा मावि, पोखरा  

 

पोखरास्थित सगरमाथा मावि, पोखरा र पोखरा आसपासबाट एसईई दिएका विद्यार्थीका लागि ‘प्लस टु’ अध्ययनको मुख्य गन्तव्य हो। व्यवस्थापन संकायमा २ सय र विज्ञान संकायमा १ सय ६० गरी ४ सय ६० को हाराहारीमा मात्र विद्यार्थी भर्ना गर्ने सगरमाथा माविको ध्यान विद्यार्थी बटुल्नेभन्दा पनि भएका विद्यार्थीलाई उच्च नतिजा दिलाउनेमा केन्द्रित छ।

‘इन्जिनियरिङ र एमबिबिएसका साथै व्यवस्थापन विषयको स्नातक तहको प्रवेश परीक्षामा हाम्रा विद्यार्थी निरन्तर सफल हुँदै आएका छन्। पछिल्लो समय हाम्रा ११ विद्यार्थी इन्जिनियरिङ र ३ विद्यार्थी एमबिबिएस अध्ययनका लागि छात्रावृत्तिमा छनोट भएका छन्,’ प्राचार्य धनबहादुर थापा भन्छन्। 

अनुशासन नै सगरमाथाको सफलताको सूत्र हो। सगरमाथाले विद्यार्थीलाई अध्ययनमैत्री वातावरण दिनलाई मोबाइल, मिनिस्कर्ट र मोटरसाइकलमा प्रतिबन्ध लगाउँदै आएको छ। विद्यार्थीबाहेक शिक्षकको अनुशासन पनि सगरमाथाको चिनारी हो। ‘हामी सञ्चालकको स्कुलबाहेक अरु कुनै पेसा छैन। सबै सञ्चालक पूर्णकालीन शिक्षक हौँ,’ प्राचार्य थापाका यी शब्द सगरमाथाको शिक्षक अनुशासनका परिचायक हुन्।  

विद्यार्थीमैत्री शिक्षण विधि, कमजोर विद्यार्थीलाई परामर्श र अतिरिक्त कक्षाको व्यवस्थाका साथै उच्चतम प्रविधि प्रयोग गरिएका कक्षाकोठा सगरमाथाका विशेषता हुन्।

१४. सेन्ट मेरिज मावि, जावलाखेल

ललितपुरको जावलाखेलस्थित  सेन्ट मेरिज कलेजले विगत २६ वर्षदेखि निरन्तर शिक्षा प्रदान गर्दै आएको छ। सन् १९९५ मा स्थापना भएको सेन्ट मेरिज छात्राहरूले मात्र अध्ययन गर्ने ‘प्लस टु’ हो।
 
यस संस्थामा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ। निश्चित संख्यामा विद्यार्थी भर्ना लिएर सोहीअनुरुप सफल परिणाम दिनु यो संस्थाको प्रमुख उद्देश्य हो। 

पारिवारिक वातावरण, लगनशील शिक्षक र चुस्त प्रशासन भएको सेन्ट मेरिजमा अन्तक्र्रियात्मक प्रणाली अनुसार पढाइ हुन्छ। 

प्रतिस्पर्धामा विजेता मात्र होइन, असल विजेता बन्नुपर्छ भन्ने मान्यता रहेको छ सेन्ट मेरिजको। यो विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिऊन् भनी शिक्षक–विद्यार्थीको सम्बन्ध प्रेमपूर्ण बनाउने, असल काम नै अनुशासनको शर्त मान्ने, ‘म’ होइन ‘हामी’ भन्ने भावना विकास गर्ने एवम् कठोर परिश्रम गर्दै सकारात्मक सोच राख्न सिकाउने शैक्षिक संस्था हो।

रक्तदान, यातायात सुरक्षा र विभिन्न किसिमका विपद्को सामना गर्न बल प्रदान गर्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम यस कलेजमा सञ्चालन गरिन्छ। नियमित पठनपाठनबाहेक विज्ञान प्रदर्शनी र कला कक्षाजस्ता अतिरिक्त गतिविधि यस कलेजमा नियमितजसो हुने गर्छन्। 

१५. सिसिआरसी कलेज, कोटेश्वर

आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भनी चिनाउने क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) कलेजले सन् २००१ देखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। कोटेश्वरमा रहेको यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुने गर्छ।

विद्यार्थीमैत्री कक्षाकोठा, क्यान्टिन, होस्टल, लाइब्रेरी, विभिन्न प्रयोगशाला, कम्प्युटर ल्याब साथै कलेजको आफ्नै निजी अत्याधुनिक भौतिक संरचना, प्ले ग्राउन्डलगायत सुविधाले सिसिआरसीमा विद्यार्थीको अध्ययनलाई बहुआयामिक बनाउने गर्छन्।

कलेजका प्राचार्य हरि लामिछाने भन्छन्, ‘दक्ष र क्षमतावान शिक्षक तथा व्यवस्थापकीय टिमका कारण नै काठमाडौँका अन्य कलेजको दाँजोमा सीसीआरसी अब्बल रहँदै आएको छ।’ 

डाक्टर, इन्जिनीयर,चार्टर्ड अकाउन्टेन्ट, कृषि तथा वन विज्ञ, वैज्ञानिक, खेलाडीलगायत दक्ष जनशक्ति उत्पादनमा सिसिआरसी अब्बल छ। कलेजमा अध्ययन गरेका विद्यार्थीले एमबिबिएस, इन्जििनियरिङलगायत विषयको प्रवेश परीक्षामा अब्बल नतिजा ल्याएर विभिन्न छात्रवृत्ति पाउनुका साथै सर्वोत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै आएका छन्। 

एसइइ बोर्ड परीक्षामा समेत उच्चतम ४ जिपिए ल्याउने विद्यार्थी अध्ययनरत सिसिआरसी कलेजका विद्यार्थीले २०७६ सालको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ३.९३ जिपिएसम्म प्राप्त गरेका छन्।

१६. भिएस निकेतन कलेज, मीनभवन

भिएस निकेतन कलेजले विगत ३९ वर्षदेखि ‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मका साथ उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ। 

देशकै उत्कृष्ट विद्यालयका रूपमा दुईपटक पुरस्कृत भइसकेको भिएस निकेतनमा पूर्वप्राथमिक तहदेखि माध्यमिक हुँदै स्नातक तहसम्म अध्यापन हुने गर्छ। 

‘प्लस टु’को विज्ञान र व्यवस्थापन दुवै संकायमा अब्बल यस कलेजमा विज्ञान संकायमा बायोलोजी, केमिस्ट्री, फिजिक्सलगायत विषयको अध्ययन–अध्यापन हुँदै आएको छ भने व्यवस्थापन संकायमा होटल व्यवस्थापन, बिजनेस स्टडिज, कम्प्युटर साइन्सजस्ता विषय समावेश गरिएको छ। 

भिएस निकेतनले विशाल पुस्तकालय, कम्प्युटर साइन्सको प्रयोगशाला, खेलकुदका लागि बास्केटबल, टेबल टेनिसको ग्राउन्ड मात्रै उपलब्ध गराएको छैन, विद्यार्थीको व्यक्तित्व विकासका लागि उनीहरूलाई शैक्षिक भ्रमण र विभिन्न प्रतियोगितामा समेत सहभागी गराउँदै आएको छ। 

भिएस निकेतन कलेजले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ। विज्ञान र व्यवस्थापन दुवै संकायमा कलेजले छात्रवृत्तिका लागि ३.२ जिपिए न्यूनतम अंक राखेको छ। एसइइमा ३.५ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीका लागि कक्षा ११ मा छात्रवृत्तिको व्यवस्था गरिएको छ। त्यस्तै, कक्षा १२ मा पनि कक्षा ११ को नतिजाको आधारमा कलेजले विभिन्न छात्रवृत्ति उपलब्ध गराएको कलेजका प्राचार्य गोपाल सिंहले बताए। 

१७. हिमालयन ह्वाइटहाउस, तीनकुने

‘विद्यार्थीहरूको सफलता नै कलेजको सफलता’ भन्ने नारासहित २१ वर्ष अगाडि स्थापना भएको कलेज हो–हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज। ‘प्लस टु’का साथै स्नातक र स्नातकोत्तर तहको अध्ययन–अध्यापन हुँदै आएको ह्वाइटहाउसको मुख्य कार्यक्रम भने ‘प्लस टु’ नै हो।

हिमालयन ह्वाइटहाउसमा ‘प्लस टु’ कार्यक्रम अन्तर्गत विज्ञान संकायमा भर्ना हुन कम्तिमा २.८ जिपिए र व्यवस्थापन तथा मानविकी संकायका लागि कम्तिमा २.४ जिपिए ल्याएको हुनुपर्छ। 

अमेरिकी शैक्षिक अवधारणा अनुरुप सञ्चालित यस कलेजमा विदेशी प्रोफेसर एवं विषय विज्ञहरूबाट अध्ययन–अध्यापन हुँदै आएको छ। यो कलेज सबल र सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यसाथ अनवरत रूपमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको शैक्षिक संस्थासमेत हो। 

‘विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन प्रविधिमैत्री शिक्षा दिने उद्देश्यसहित विभिन्न छात्रवृत्ति दिँदै आएका छौँ। करिअरलाई सहयोग पुग्ने खालको शिक्षा पनि हाम्रो प्राथमिकता हो,’ कार्यकारी निर्देशक नारायण काफ्ले हिमालयन ह्वाटहाउसको परिचय दिँदै बताउँछन्। 

काठमाडौँको तीनकुनेमा १५ रोपनी क्षेत्रमा फैलिएको यस कलेजमा अत्याधुनिक, सुविधा सम्पन्न, शिक्षामैत्री भौतिक संरचना उपलब्ध छन्। साइन्स तथा कम्प्युटर ल्याबदेखि यातायात, क्यान्टिन, लाइब्रेरीलगायत सुविधा रहेको यस कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतासाथ अघि बढाएको छ। 
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, शरद भेस्वाकर,  डा. विशाल ज्ञवाली, नायिका केकी अधिकारी र चर्चित उद्यमी विपुल काव्रा यसै कलेजका उत्पादन हुन्।

१८. मोर्गन इन्टरनेसनल कलेज, बसुन्धरा 

विज्ञानतर्फ तीन र व्यवस्थापनतर्फ दुई गरी कूल पाँच पटक नेपालकै उत्कृष्ट भएर पुरस्कृत मोर्गन इन्टरनेसनल कलेज शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका शिक्षाविद् तथा सफल व्यवस्थापकद्वारा सञ्चालित छ।

स्वदेशमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालित मोर्गन कलेज काठमाडौँको बसुन्धारामा अवस्थित छ। अनुशासित र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य लिएको यस कलेजले शतप्रतिशत रिजल्ट हासिल गर्दै आएको छ। 

विद्यार्थीको सपना साकार पार्ने प्रतिबद्धताका साथ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्दै आएको कलेजका प्राचार्य दीपेन्द्र भण्डारी बताउँछन्। 
मोर्गन कलेजले अत्याधुनिक पूर्वाधार, होटल म्यानेज्मेन्ट तथा कम्प्युटर ल्याब, गल्र्स तथा ब्वाइज होस्टेल र विद्यार्थीलाई सुरक्षित आवतजावतका लागि यातायातसमेत सुविधा उपलब्ध गराएको छ। 

स्तरीय शिक्षासँगै विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गराउने उर्वर थलोका रूपमा परिचित यस कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिएको छ। 

उत्कृष्ट नतिजा दिनुका साथै विभिन्न विधामा आकर्षक स्कलरसिप प्रदान गर्दै आइरहेकाले यस कलेजप्रति पछिल्लो समय आम विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दो छ। 

१९. नेपाल काष्ठमण्डप कलेज, कलंकी

विगत पाँच वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ‘प्लस टु’ मा दोस्रो स्थान हासिल गर्दै आएको नेपाल काष्ठमण्डप कलेजको नतिजा शतप्रतिशत रहँदै आएको छ। कलंकीमा रहेको यस कलेजमा ‘प्लस टु’ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा र मानविकी संकायको पठनपाठन हुँदै आएको छ। 

हाल १ हजार ५ सय विद्यार्थी अध्ययनरत नेपाल काष्ठमण्डप विगत २१ वर्षदेखि नेपालको शिक्षा क्षेत्रमा अनवरत सेवा प्रदान गर्दै आएको संस्था हो। 
‘विद्यार्थीलाई सर्टिफिकेटमुखी बनाउनुभन्दा पनि प्रयोगात्मक र व्यवहारिक जीवन निर्वाह गर्नसक्ने किसिमको शिक्षा प्रदान गर्दै आएका छौँ,’ कलेजको शिक्षण शैलीबारे प्रिन्सिपल पेशल लुइँटेल बताउँछन्।

स्थापनादेखि अहिलेसम्म कलेजले शतप्रतिशत नतिजा ल्याउन सफल हुनुका साथै राष्ट्रिय परीक्षा बोर्डमा समेत ‘टप कलेज’का रुपमा स्थापित हुँदै आएको लुइँटेलको भनाइ छ। कलेजले आफ्नै एपमार्फत् देश तथा विदेशमा अध्ययन–अध्यापन गराएका दक्ष शिक्षकद्वारा विद्यार्थीहरुलाई अध्यापन गराउँदै  आएको छ।

पछिल्लो समय अनलाइनमार्फत् कक्षा सञ्चालन गराइरहेको र इन्टरनेटको सुविधा नभएका विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराएर कक्षा सञ्चालन गराइरहेको छ ।

स्नातक तहमा समेत निरन्तर रूपमा उत्कृष्ट नतिजा ल्याएर परिचय स्थापित गरेको नेपाल काष्ठमण्डप कलेज बिबिएमा विगत ७ वर्षदेखि नेपालकै उत्कृष्ट बन्न सफल भएको छ।

सक्षम नागरिक उत्पादन गर्ने मुख्य उद्देश्य बोकेर सञ्चालनमा आएको यस कलेजले थुप्रै डाक्टर, इन्जिनियर तथा व्यवस्थापक उत्पादन गरिसकेको छ। 

आधुनिक पद्धति अवलम्बन गर्दै र प्रयोगात्मक क्रियाकलापलाई पनि उत्तिकै जोड दिँदै आएको यस कलेजमा होटल म्यानेजमेन्ट, साइन्स र कम्प्युटरका उच्चस्तरीय ल्याब रहेका छन्।

२०. किस्ट कलेज, कमलपोखरी 

९० प्रतिशतभन्दा बढी उत्तीर्ण दरसहित कलेजको भिडबाट माथि उठेर किस्ट कलेजले आफ्नो छुट्टै परिचय स्थापित गरिसकेको छ। 

स्नातक तहमा बिबिए, बिआइएम, बिबिएस, बिएस्सी, बिआइटीको पढाइ हुँदै आएको भए पनि किस्टको परिचय उसको ‘प्लस टु’ शिक्षाले नै निर्माण गरेको हो। सन् १९९५ मा स्थापना भएको यस कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन–अध्ययापन गराउँदै आएको छ। 

पुस्तकालय, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, होस्टल, क्यान्टिन, यातायातलगायत विविध सुविधामा किस्ट कलेज नेपालका कुनै ‘प्लस टु’भन्दा पछाडि छैन।

नियमित कक्षाबाहेक विभिन्न किसिमका सेमिनार र कार्यशाला आधुनिक शिक्षाका मुख्य पक्ष हुन्। किस्ट कलेजले यस्ता गतिविधिमार्फत् आफ्ना विद्यार्थीलाई कोर्सअनुसारको पढाइसँगै व्यावसायिक सफलताका लागि पनि तयार पार्दै लगेको छ। 

२१. नोबेल एकेडेमी, नयाँ बानेश्वर

‘हामीले दिने शिक्षाको मूल उद्देश्य भनेको विद्यार्थीलाई संस्कार सिकाउनु हो। समय व्यवस्थापन र जिम्मेवारीवहनजस्ता पूर्वीय संस्कार र अहिलेको प्रगतिशील शिक्षाको ज्ञान दिई हामी विद्यार्थीलाई सबल र सक्षम बनाउन चाहन्छौँ,’ नोबेल एकेडेमीका कार्यकारी निर्देशक रविन दाहाल भन्छन्।

सन् २०१९ मा काठमाडौँ महानगरपालिका र ब्रिटिस काउन्सिलबाट ‘उत्कृष्ट स्कुल अवार्ड’ पाएको नोबेल एकेडेमीमा उच्च माध्यमिक तहअन्तर्गत मानविकी, विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुँदै आएको छ।

शैक्षिक अब्बलताबाहेक नोबेल एकेडेमीको एउटा विशेषता भनेको उसले विद्यार्थीलाई उद्यमशील जीवन जिउनका लागि दिने प्रेरणा हो। नोबेल एकेडेमीले आफ्ना ‘प्लस टु’ पास गरेका विद्यार्थीलाई स्कुलका विद्यार्थीका लागि ‘होम ट्युसन’ पढाउने अवसरसम्म दिएर हौसला प्रदान गरेको छ। 

काठमाडौँको नयाँ वानेश्वरमा अवस्थित नोबेल एकेडेमीे एकेडेमीनेपालमा निजी क्षेत्रमा सबैभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था हो। न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नोबेल एकेडेमी विद्यार्थीको मुख्य रोजाइ बन्दै आएको छ। त्यस्तै, यस कलेजले जेहेन्दार, गरिब, पिछडिएका र ग्रामीण भेगबाट आएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ। 

कलेजमा पुस्तकालय, विज्ञान ल्याब, कम्प्युटर  ल्याब तथा होस्टल, क्यान्टिन र यातायात सुविधा उपलब्ध गराएको छ।

२२. समृद्धि स्कुल, बनस्थली

‘शिक्षण सिकाइ प्रणालीलाई प्रभावकारी बनाउनका लागि नयाँ प्रविधिको प्रयोग गर्दै आएका छौँ,’ समृद्धि स्कुलको प्रगति सुनाउँदै स्कुलका प्राचार्य नरेश श्रष्ठ बताउँछन्।
अहिलेसम्म तीन ब्याच मात्रै कक्षा ११ र १२ सञ्चालन गरेको समृद्धि स्कुल छोटो समयमै राम्रो सफलता हासिल गर्ने स्कुल हो। हाल कक्षा ११ र १२ मा गरी ७ सय ३० जना विद्यार्थी अध्ययनरत रहेको यस स्कुल सन् २०२० मा कक्षा ११ र १२ को परीक्षामा ‘स्कुल अफ द इअर’ भएको थियो। त्यस्तै राइजिङ स्कुल अवार्ड, ब्रिटिस काउन्सिलको अन्तर्राष्ट्रिय स्कुल अवार्डसमेत समृद्धि स्कुलले पाएको छ।

समृद्धि स्कुलमा व्यवस्थापन संकायका होटल म्यानेजम्यान्ट, कम्प्युटर साइन्स, ट्राभल एन्ड टुरिजम्लगायत विषय अध्यापन हुन्छ। 

एक्काइसौँ शताब्दीका लागि विद्यार्थीलाई तयार गर्न प्रविधिमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने समृद्धि स्कुलको मूल उद्देश्य रहेको छ। त्यसका लागि प्रविधिमैत्री वातावरण र मल्टिमिडिया शिक्षण विधिसहितको इ–लर्निङ सुविधा, सुविधासम्पन्न डिजिटल कक्षाकोठा, अध्यात्मिक शिक्षा, सामूहिक अध्ययन एवम् प्रयोगात्मक शिक्षा र शैक्षिक भ्रमणलाई समृद्धि स्कुलले विशेष महत्व दिएको छ।

२३. काठमाडौँ भ्याली स्कुल तथा कलेज, छाउनी

काठमाडौंको छाउनीमा अवस्थित काठमाडौं भ्याली स्कुल तथा कलेजले प्राथमिक तहदेखि ‘प्लस टु’ तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ। व्यवस्थापन र विज्ञान संकायमा माध्यमिक स्तरको गुणस्तरीय शिक्षा २४ वर्ष देखि प्रदान गर्दै आएको यस संस्थामा हाल सात  सय हाराहारी विद्यार्थी अध्ययनरत छन्। 

‘जीवनको लागि शिक्षा’ लाई मूल नारा बनाएको यस कलेज कुशल व्यवस्थापनका कारण नेपालको शैक्षिक क्षेत्रमा अब्बल मानिँदै आएको छ।  

विद्यार्थीहरुलाई स्वच्छ तथा मनोरम वातावरणमा काठमाडौं भ्याली स्कुल तथा कलेजले गुणस्तरीय शिक्षा दिँदै आएको छ। कोरोना महामारीपश्चात कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई व्यवस्थित रूपमा उत्कृष्ट डिजिटल प्रविधिका माध्यमबाट प्रभावकारी रूपमा अध्ययन–अध्यापन गराइरहेको कलेजका प्रिन्सिपल संगिता श्रेष्ठ बताउँछिन्।

इन्टरनेटसहितको लाइब्रेरी, सुविधासम्पन्न कम्प्युटर ल्याब, साइन्स ल्याबजस्ता शैक्षिक पूर्वाधार रहेको काठमाडौं भ्याली स्कुल तथा कलेजले विद्यार्थीलाई भाषा कक्षा र जीवनोपयोगी सीप कक्षाका साथै विभिन्न तालिम उपलब्ध गराउनुका साथै अभिभावकलाई असल अभिभावकत्वका लागि विभिन्न तालिम पनि उपलब्ध गराउँदै आएको छ। बास्केटबल, भलिबल, टेबल टेनिस, ब्याटमिन्टनजस्ता विभिन्न खेलमा पनि विद्यार्थीलाई संलग्न गराई उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिने गरेको छ। ‘यस कलेजले दैनिक रूपमा विद्यार्थीलाई अद्यावधिक राख्दै समग्रमा जीवन उपयोगी शिक्षामा जोड दिँदै आएको छ,’ अध्यक्ष डा. स्वागत श्रेष्ठले भने।

२४. आइएसटी कलेज, ज्ञानेश्वर

‘हामीले विद्यार्थीलाई कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीपसमेत प्रदान गर्दै आएका छौँ,’ आइएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यात आफ्नो कलेजको विशेषतामा जोड दिँदै भन्छिन्।

इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजले स्थापना भएदेखि अहिलेसम्ममा आफूलाई अब्बल कलेजका रूपमा स्थनपित गरेको छ। टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनिरहेको यस कलेजमा ‘प्लस टु’ र स्नातक दुवै तहको अध्ययन अध्यापन भइरहेको छ।

बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङका लागि मकअप रुम, होटल रिजर्भेसन सिस्टमलगायत सुविधाले यस कलेजलाई होटल म्यानेजमेन्ट अध्ययनका लागि उपयुक्त बनाएको छ। साल्र्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धन लिई स्नातक तहमा अन्तर्राष्ट्रिय स्तरको होटल म्यानेजमेन्ट अध्यापनका लागि पूर्वाधार तयार गरेका हुनाले नै ‘आइएसटी’ ‘प्लस टु’ तहमा पनि होटल म्यानेजमेन्ट अध्ययनका लागि अब्बल छ।

प्रिन्सिपल बस्न्यात भन्छिन्, ‘कलेजमा अध्ययन गर्ने कुनै पनि विद्यार्थी अध्ययन पूरा गरेपछि बेरोजगार बस्नु पर्दैन।’ अहिलेसम्म आइएसटीका पाँच हजारभन्दा बढी विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरिसकेका छन्। यस कलेजले वर्षमा २ सय विद्यार्थी ‘प्लस टु’ अध्ययनका लागि छनोट गर्छ। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले अष्ट्रियाकाे भाेकेशनल सर्टिफिकेटसमेत पाउँछन् ।

२५. काठमाडौँ वर्ल्ड स्कुल, गुन्डु, भक्तपुर

विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले स्थापित काठमाडौँ वर्ल्ड स्कुल, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुण्डुमा अवस्थित छ। कक्षा १ देखि ५सम्म बेलायतको इन्टरनेसनल प्राइमरी ‘करिकुलम’ अनुसार अध्यापन गराउँदै आएको यस स्कुलले ‘ए लेभल’ का साथै कक्षा ११ र १२ मा नेपाल परीक्षा बोर्डको पाठ्यक्रम अनुसार अध्यापन गराउँछ।

यस स्कुलले ‘प्लस टु’मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। तनावरहित वातावरणमा अध्ययन गर्न चाहिने भौतिकदेखि प्राविधिक सुविधामा कुनै पनि कसर बाँकी नराखेको काठमाडौँ वर्ल्ड स्कुलमा हाल सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमध्ये २ सय १८ जना विद्यार्थी ‘प्लस टु’ अध्ययनरत छन्। 

सूर्यविनायक नगरपालिकाले समेत यस स्कुललाई विशिष्ट श्रेणीको शिक्षण संस्थाका रूपमा मनोनित गरेको छ। स्कुलको भौतिक संरचना र सुविधा हेर्दा निकै महँगो जस्तो देखिए पनि यहाँ निम्न, मध्यम र सम्पन्न वर्गका विद्यार्थी अध्ययनरत छन्।

‘महामारीका समयमा पनि दूरी कायम गरेर भौतिक रुपमै कक्षा सञ्चालन गर्न सक्ने शैक्षिक संस्था हो काठमाडौं वर्ल्ड,’ स्कुलको क्षमताबारे प्रिन्सिपल केशरबहादुर खुलालले बताए। 

विभिन्न क्याटगरीमा उत्कृष्ट शैक्षिक संस्था

हामीले गरेको अध्ययन अनुसार ‘प्लस टु’ अध्यापनमा सक्रिय शैक्षिक संस्थाका विषयगत विशेषता पाइयो। त्यही आधारमा विभिन्न क्याटगरीमा उत्कृष्ट शैक्षिक संस्था छनोट गरिएको छ:

१) एजुकेसन एक्सिलेन्स अवार्डः प्रसादी एकेडेमी, ललितपुर
२) आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड: काठमाडौं मोडल कलेज (केएमसी), बागबजार 
३) मस्ट कन्सिस्टेन्ट एकेडेमिक्स अवार्डः ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार 
४) पपुलर च्वाइस अवार्ड: सेन्ट जेभियर्स कलेज, माइतीघर
५) बेस्ट को–करिकुलर एजुकेसन अवार्ड: एनसिसिएस, पकनाजोल
६) बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड: पिनाकल एकेडेमी, ललितपुर
७) बेस्ट साइन्स कलेज अवार्ड: सिसिआरसी कलेज, कोटोश्वर, सेन्ट जेभियर्स कलेज, माइतीघर
८) बेस्ट म्यानेजमेन्ट कलेज अवार्ड: एनसिसिएस, पकनाजोल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट बानेश्वर, मेरिल्यान्ड कलेज, विराटनगर
९) टपर्स च्वाइस अवार्ड: हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, तिनकुने, जेभियर इन्टरनेसनल कलेज, कालोपुल
१०) बेस्ट इन्फ्रास्ट्रक्चर अवार्ड: काठमाडौं वल्र्ड स्कुल, गुन्डु, भक्तपुर 
११) बेस्ट एड्मिनिस्ट्रेटिभ म्यानेजमेन्ट अवार्ड: लिटल एन्जल्स स्कुल, हात्तीवन
१२) बेस्ट फ्याकल्टी अवार्डः किस्ट कलेज, कमलपोखरी
१३) बेस्ट डिसिप्लिन्ड प्लस टु अवार्ड: प्रसादी एकेडेमी ललितपुर
१४) बेस्ट आइटी कलेज अवार्ड: काठमाडौं भ्याली कलेज, छाउनी
१५) बेस्ट होटल म्यानेजमेन्ट ‘प्लस टु’: आइएसटी कलेज, ज्ञानेश्वर
१६) आउटस्ट्यान्डिङ पर्फमेन्स आउट अफ भ्याली कलेज अवार्ड: मेरिल्यान्ड कलेज, विराटनगर
१७) बेस्ट एक्स्ट्रा एक्टिभिटिज ‘प्लस टु’ अवार्ड: जेभियर इन्टरनेसनल कलेज, कालोपुल
१८) बेस्ट कम्युनिटी ‘प्लस टु’ अवार्ड: सगरमाथा कलेज, पोखरा, सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर
१९) बेस्ट एकेडेमिक्स अवार्ड: मोर्गन इन्टरनेसनल कलेज, बसुन्धरा 
२०) ‘प्लस टु’ एजुकेसन लिगेसी अवार्ड: नोबल एकेडेमी, नयाँ बानेश्वर
२१) बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड: भिएस निकेतन कलेज, मिनभवन÷सेन्ट मेरिज मावि, जावलाखेल
२२) बेस्ट एकेडेमिक इन्भारोमेन्ट अवार्डः नेपाल काष्ठमण्डप कलेज, कलंकी
२३) बेस्ट करिअर–ओरिएन्टेड एजुकेसन अवार्ड: पिनाकल एकेडेमी, ललितपुर
२४) बेस्ट एजुकेसन काउन्सिलिङ अवार्डः जेभियर एकेडेमी, लाजिम्पाट
२५) बेस्ट स्पोर्ट्स अचिभमेन्ट अवार्डः समृद्धि स्कुल, बनस्थली/ हिमालयन ह्वाइट हाउस, तिनकुने
२६) प्रेस्टिजियस प्लस टु अवार्डः काठमाडौं वर्ल्ड स्कुल, गुन्डु, भक्तपुर

उत्कृष्ट कलेजको सूचीमा अन्य ‘प्लस टु’

काठमाडौं बर्नहार्ट कलेज बल्खु, सेन्ट लरेन्स कलेज चाबहिल, मोर्डन बोर्डिङ स्कुल, भक्तपुर, युनाइटेड एकेडेमी ललितपुर, एम्बिसन एकेडेमी बानेश्वर, एस मावि नया“ बानेश्वर, सिद्धार्थ अंग्रेजी मावि बनेपा, रिलायन्स इन्टरनेसनल मावि चाबहिल, ख्वप उच्चमावि भक्तपुर, मदरल्यान्ड मावि पोखरा,  युनिग्लोब कलेज कमलादी, सगरमाथा मल्टिपल कलेज, डिल्लीबजार, नेसनल स्कुल अफ साइन्सेज (निस्ट), लैनचौर, मुनलाइट बोर्डिङ स्कुल, ललितपुर, सेन्ट लरेन्स, काठमाडौं, गोर्खा इन्टरनेसनल पब्लिक मावि घोराही, नेपाल मेगा कलेज काठमाडौं, ट्रिटन इन्टरनेसनल कलेज, एभरेष्ट कलेज थापाथली, टेक्सास कलेज चाबहिल, डिएभी सुशिल केडिया विश्व भारती जावलाखेल, प्राइम कलेज नयाँ बजार, अर्किड कलेज चितवन, न्यु होराइजन मावि बुटवललगायत छन्। 

 

Logo