रोलिङ जबले सुरु गर्यो अडियो भिडियो अनलाइन लिखित परीक्षा दिने प्रणाली

रोलिङ जबले सुरु गर्यो अडियो भिडियो अनलाइन लिखित परीक्षा दिने प्रणाली


रोलिङ जबले बैंकहरुको विभिन्न तहको परीक्षाको लागि नेपालमा नै पहिलो पटक  अडियो तथा भिडियोमार्फत अनलाइन लिखित परीक्षा गर्ने सक्ने प्रणाली सुरु गरेको छ।

बुधबारदेखि बैंकहरुको विभिन्न तहको परीक्षा अडियो तथा भिडियोमार्फत अनलाइन लिन सक्ने नयाँ प्रणाली तयारी गरेको हो । नयाँ प्रणाली तयार भएसँगै साउन ५ गतेभित्रै ‘क’ वर्ग वाणिज्य बैंकहरूको लागि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

रोलिङ जब, नेपालको प्रीमियम जब पोर्टल र रोलिंग नेक्ससले यस अगाडि नै सफलतापूर्वक अडियो भिडियो नयाँ प्रणालीमार्फत अनलाइन लिखित परीक्षा नेपाल एसबिआई बैंकको संचालन गरेको छ । 

रोलिङ जबले साउनमा नेपालका अग्रणी पाँच ‘क’ वर्गको वाणिज्य बैंकहरूको लागि अनलाइन लिखित परीक्षा लिने तयारी गरिरहेको रोलिंग जबका उपाध्यक्ष प्रभाश राईले जानकारी दिए। 

उनका अनुसार अनलाइनबाट लिखित परीक्षण प्रणालीलाई नेपालका ‘क’ वर्ग र ‘ख’ वर्गका बैंकहरूले राम्रोसँग स्वीकारेका छन् । रोलिङले नेपालको अर्को ‘क’ वर्गको  वाणिज्य बैंकको लिखित परीक्षा तयारी रहेको छ । 

यो प्रणालीबाट एकपटक कुनै पनि संख्यामा उम्मेदवारहरुको अनलाइन टेस्ट गर्न सकिन्छ । उपाध्यक्ष राईका अनुसार अनलाइन मध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिबाट घरमै बसी सामुहिक परीक्षा लिइएको यो पहिलो पटक हो।

Logo