कर्मचारी सरह सुविधा माग्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित

कर्मचारी सरह सुविधा माग्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित


सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८\८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घसँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षक महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । 

महासङ्ले शुक्रवारबाट माइतीघर मण्डला लगायत सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन सुरु गरेको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष पुर्णप्रसाद दवाडीले शिक्षकहरुलाई कर्मचारीलाई दिए सरह १० दिनको पर्यटनभत्ता सहितको काज दिनुपर्ने,े शिक्षक विशेष अस्पताल हुनुपर्ने, शिक्षकहरुको दुर्घटना बिमा र स्वास्थ्य बिमा गर्नुपर्ने लगायतको माग रहेको बताए ।

त्यस्तै, द्वन्द्वपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु रहेको पनि दवाडीले जानकारी दिए । माग पुरा नभए आन्दोलनका कार्यक्रम जारी रहने पनि उनले बताए ।

Logo