नेपालका बेस्ट २५ ‘प्लस टु’ (भिडियाेसहित)

नेपालका बेस्ट २५ ‘प्लस टु’ (भिडियाेसहित)


एसइइपछि अभिभावक र विद्यार्थीको चिन्ता हुन्छ, अब ‘प्लस टु’ कहाँ अध्ययन गर्ने भनेर। माध्यमिक तहको शिक्षाका रूपमा कक्षा ११ र १२ लाई समेटिए पनि एसइइ उत्तीर्ण अधिकांश विद्यार्थी राम्रो ‘प्लस टु’को खोजीमा हुन्छन्। 

विद्यार्थी र अभिभावकले राम्रो ‘प्लस टु’को खोजी गर्नुले ‘प्लस टु’लाई कलेज ‘ह्याङ’बाट व्यावहारिक रूपमा निस्कन अझै गाह्रो छ भन्ने पुष्टि हुन्छ। यद्यपि, कक्षा १२ सम्मको अध्ययन माध्यमिक तहको शिक्षा नै हो भन्ने कुरामा अब दुईमत छैन।
 
कतिपय शैक्षिक संस्थामा भने विद्यार्थीले १० वर्षसम्म आफूले अध्ययन गरेकै विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने गरेका छन् । राम्रा ‘प्लस टु’को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यहाँ ‘बेस्ट २५ प्लस टु’ को खोजी गरिएको छ। 

हुन त, राम्रा ‘प्लस टु’ यी मात्र हुन् भनेर हामी ठोकुवा गर्दैनौं। विभिन्न मापदण्डका आधारमा यहाँ उल्लेख नभएका शैक्षिक संस्था पनि उत्कृष्ट हुन सक्छन्। तर, यहाँ उल्लेखित शैक्षिक संस्था विद्यार्थीका निम्ति सही शैक्षिक गन्तव्य हुनेमा भनें ढुक्क रहँदा हुन्छ। 

विद्यार्थीको उज्जवल भविष्यका निम्ति उल्लेखित शैक्षिक संस्थाले राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी र पूर्वाधारमा लगानी गरेकाले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ। 

कुन ‘प्लस टु’ आफ्ना निम्ति उपयुक्त हुन्छ भन्ने कुरा विद्यार्थी र अभिभावकले तुलनात्मक रूपमा कलेजको अध्ययन गर्दा पनि थाहा पाउन सक्छन्। आफूलाई पायक पर्ने क्षेत्रमा भएका राम्रा ‘प्लस टु’लाई छाडेर टाढाको ‘प्लस टु’रोज्न खोज्दा आउने जाने झन्झटका कारण विद्यार्थीले खोजेजस्तो शैक्षिक सफलता हासिल गर्न नसकेको पाइन्छ। त्यसैले शैक्षिक संस्थाको अध्यापन विधिबारे त्यहाँ अध्ययनरत पूर्व विद्यार्थीको अनुभवबाट पनि जानकारी हासिल गर्न सकिन्छ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थितिलगायत मापदण्डका आधारमा राम्रा ‘प्लस टु’ छनोट गरिएको हो। 

कतिपय अब्बल शिक्षण संस्था यस छनोट प्रक्रियामा सहभागी हुन अनिच्छुक देखिएकाले र्याङकिङमा समेटिएका छैनन्। कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन्।  यस्तै, विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समाविष्ट छैनन्। 

पछिल्लो समयमा भौतिक संरचनामा बृहत् लगानी गरेर आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २५ को सूचीमा प्राथमिकता दिइएको छ। 

 

Logo