३८ वर्षदेखि उत्कृष्ट शिक्षामा समर्पितः भिएस निकेतन (भिडियोसहित)

३८ वर्षदेखि उत्कृष्ट शिक्षामा समर्पितः भिएस निकेतन (भिडियोसहित)


‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै विगत ३८ वर्षदेखि ‘उत्कृष्ट शिक्षामा समर्पित’ छ, भीएस निकेतन । 

कोभिड १९ को संक्रमणलाई दरिलोरुपमा सामना गर्दै भिएस निकेतनले आफ्नो विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कम्प्रोमाइज गरेको छैन। आफ्नै स्टुडियो निर्माण गरी यस कलेजले उच्चतम प्रविधिको प्रयोग गरी विद्यार्थीहरुलाई अनलाइनमार्फत अध्ययन अध्यापन गराउँदै आएको छ।

कोभिड महामारीको यो विद्यमान परिस्थितिमा सुरक्षाको हिसाबले कक्षाहरु सञ्चालन हुन नपाएता पनि विद्यार्थीहरुलाई अनलाइनको माध्यमबाट भए पनि कलेजले विद्यार्थीहरुको घरदैलोमा आवश्यक शैक्षिक सामाग्रीहरु पुर्याउने प्रयास गरिराखेको छ। यसै शिलशिलामासमेत निमार्ण गरेको छ ।उक्त स्टुडियोबाट विद्यार्थीहरुलाई बिहानदेखि बेलुकासम्म विभिन्न विषयका शिक्षक शिक्षिकालाई कलेजमै बोलाएर अनलाइनमार्फत अध्ययन अध्यापन गर्ने कामहरु गरिरहेको छ।

कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थी र अभिभावकहरुको सहयोगका लागि यस कलेजले सोसल मिडिया र अनलाइनमार्पmत इन्ट्रान्स एक्जाम, अनलाइन रिजल्ट, अनलाइन काउन्सेलिङ, अनलाइन पेयमेन्ट, अनलाइन एडमिशन, अनलाइन वेलकमलगायतको व्यवस्था मिलाइएको छ। 

भिएस निकेतन एजुकेशन फाउन्डेशनद्वारा संचालित यस कलेज देशकै सर्वाधिक रुचाइएको शिक्षण संस्था हो । काठमाडौंको मीनभवनमा अवस्थित भिएस निकेतन ‘देशकै उत्कृष्ट विद्यालय’कारुपमा दुई पटक पुरस्कृत भइसकेको छ। पूर्व प्राथमिक तहदेखि माध्यामिक हुँदै उच्च माध्यमिक तहसम्मको ३८ वर्षसम्मको निरन्तर सफलताले नै यस कलेजको महत्व र आवश्यकता पुष्टि हुन्छ। 

शिक्षामा समर्पित शिक्षक समूह, विद्यार्थीमैत्री वातावरण, सुविधायुक्त कक्षा कोठा, गुणस्तरीय शिक्षा, व्यवहारिक पठन विधीकै कारण भिएस निकेतनलाई शैक्षिक क्षेत्रमा यत्तिको लामो यात्रा तय गर्न सम्भव भएको हो। 

विज्ञान र व्यवस्थापन दुवै संकायमा अब्बल यस कलेजमा विज्ञान संकायमा बायोलोजी, क्यामेस्ट्री, फिजिक्सलगायतको अध्ययन अध्यापन हुँदै आएको छ भने व्यवस्थापन संकायमा होटल व्यवस्थापन, बिजिनेस स्टडी, कम्यूटर साइन्स जस्ता महत्वपूर्ण विषयहरुको अध्ययन अध्यापन हुँदै आएको छ। 

आफ्नै विशाल पुस्तकालय, कम्प्युटर साइन्सका प्रयोगशाला, खेलकुदका लागि बास्केटबल, टेबल टेनिसको ग्राउन्ड मात्रै उपलब्ध छैन, विद्यार्थीको व्यक्तित्व विकासका लागि शैक्षिक भ्रमण र विभिन्न प्रतियोगिताहरुमा समेत सहभागि गराउँदै आएको छ। भिएस निकेतन कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रवृत्तिहरुको समेत उपलब्ध गराउँदै आएको छ। 

टाढा टाढाबाट आउने विद्यार्थीहरुको एसईई नतिजाको आधारमा विभिन्न प्रकारका छात्रवृत्तिको कोटाहरु पनि बनाएको छ। विज्ञान र व्यवस्थापन दुवै संकायमा कलेजले छात्रवृत्तिका लागि ३.२ अङ्क बाट सुरु गरेको छ। ३.८, ३.९ अङ्क ल्याउने विद्यार्थीहरुको लागि अझै धेरै छात्रवृत्तिको व्यवस्था गरिएको छ। यो छात्रवृत्ति कक्षा ११ को लागि भयो । त्यस्तै कक्षा १२ मा गएर पनि कक्षा ११ को नतिजाको आधारमा कलेजले विभिन्न कोटाका छात्रवृत्तिहरु उपलब्ध गराएको छ।

अधिकांश विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल यस कलेजले आफ्ना विद्यार्थीहरुको उज्जवल भविष्यका लागि आवश्यक सम्पूर्ण स्रोतसाधन प्रभावकारी ढंगले परिचालन गर्दै आएको छ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नु हाेला

Logo