सीपमूलक शिक्षामा जोड दिँदै पिनाकल एकेडेमी कलेज(भिडियोसहित)

सीपमूलक शिक्षामा जोड दिँदै पिनाकल एकेडेमी कलेज(भिडियोसहित)


विद्यार्थीलाई शिक्षासँगै बजारको आवश्यकता अनुसारको सीप प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा अग्रसर छ पिनाकल कलेज। 

आफ्ना विद्यार्थीको उज्ज्वल भविष्यको आधार निर्माण गर्दै आएको यस कलेजले विगत २३ वर्षदेखि उत्कृष्ट नतिजा हासिल गर्दै गएको छ। यस कलेजका ‘पासआउट’ विद्यार्थीले विभिन्न क्षेत्रमा हासिल गरेको सफलताले कलेजको अब्बलता पुष्टि हुन्छ।

ललितपुरको लगनखेलमा अवस्थित यस कलेजमा ‘प्लस टु’ अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पढाइ हुन्छ। यस कलेजले १६ वर्षदेखि सिटिइभिटीबाट स्वीकृत प्राप्त फार्मेसीको कक्षा सञ्चालन गर्दै आएको छ। कलेजले केही वर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर बिबिएमको पढाइलाई निरन्तरता दिँदै आएको छ। यस कलेजमा विज्ञान संकायमा २ सय ५०, व्यवस्थापन संकायमा ३ सय ५०, मानविकी संकायमा ४५ र कानुन संकायमा ४५ गरी कूल ६ सय ९० विद्यार्थी ‘प्लस टु’ अध्ययनका लागि छनोट हुन्छन्।  

यस कलेजमा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीले सुविधायुक्त होटल ल्याबमा वर्षैभरि होटल ट्रेनिङ लिन सक्छन्। त्यस्तै, यस कलेजले कम्प्युटर म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई ‘एड्भान्स्ड आइटी ल्याब ट्रेनिङ’ का साथै बजारको आवश्यकता अनुसार ग्राफिक डिजाइनजस्ता सीपमूलक तालिम पनि दिँदै आएको छ । 

अर्कोतर्फ, बिजनेस म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि ‘बिजनेस डेभलपमेन्ट ट्रेनिङ’ को व्यवस्था गरिएको छ। विज्ञान संकायमा भर्ना भएका विद्यार्थीलाई एमबिबिएस, प्यारामेडिकल, इन्जिनियरिङ, एग्रीकल्चर र फरेस्टीको ‘इन्ट्रान्स’ परीक्षाका लागि तयार गर्न पिनाकल सुरुदेखि नै लागिपर्छ। 

पिनाकल कलेजले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको छ। ‘प्रतिस्पर्धात्मक ‘जब मार्केट’मा आफ्नो स्थान सुरक्षित गर्न र सफल हुनका लागि विद्यार्थीले के गर्नुपर्छ? त्यसैमा हाम्रो ध्यान केन्द्रित हुने गर्छ,’ पिनाकल एकेडेमी तथा कलेजका प्रिन्सिपल ऋषि तिवारी भन्छन्। 

पाठ्यपुस्तकको अध्ययनलाई प्रभावकारी र व्यावहारिक बनाउन यस कलेजले हरेक विषयमा प्रयोगात्मक अभ्यास व्यवस्था गरेको छ। जसको परिणामस्वरुप यहाँका विद्यार्थीले विभिन्न प्रतिष्ठित एनजिओ, आइएनजिओ, बैंकलगायत संंघ–संस्थामा रोजगारी पाएका छन्।   

जेहेन्दार, मेहनती र विपन्न विद्यार्थीका लागि पिनाकलले विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ। यस कलेजका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ६ पटकसम्म टप गरेका छन्। 

यो कलेज विभिन्न विषयका विज्ञहरुद्वारा सञ्चालित छ। सर्वाेत्कृष्ट नतिजा, सुविधासम्पन्न भौतिक संरचना, शिक्षामैत्री वातावरण, व्यवहारिक शिक्षा, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाद्वारा पठनपाठन आदि यस कलेजका मुख्य विशेषता हुन्।

उत्कृष्ट नतिजासहितको सर्टिफिकेट र सर्टिफिकेट अनुरुपको व्यावहारिक सीप हासिल गर्नका लागि पिनाकल कलेज उत्तम गन्तव्य भएको प्रिन्सिपल तिवारीको भनाइ छ। 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला 

Logo